• २२ असार २०८१, शनिबार

स्याकुमा सजिएका रोपार (फोटो फिचर)

blog

विशाल सुनुवार 

दैलेख, असार १९ गते । यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् । 

असारको झरीबाट ओत लगाउनको लागि रोपारले ओडेको बर्सातीलाई स्याकु भन्ने गरिन्छ । पहिले पहिले मालु, बाटुलपाते लगायत वृक्षको पातलाई स्याकु भित्र प्रयोग गरिन्थ्यो भने हिजो आज रङ्गीबिरङ्गी प्लास्टिकको प्रयोग गर्न थालिएको छ। 

मालुको पात प्रयोग गर्दा केही भारी हुने भए पनि शीतल हुने गर्दथ्यो ।  प्लास्टिकको प्रयोगले केही हलुको हुन्छ तर अलिक गर्मी हुने गरेको प्रयोगकर्ताको भनाइ छ । रोपाइँका लागि रोपाहारसँगै हल गोरुले माटो हिल्याउने काम भइरहेको छ।