नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नाटक विभागद्वारा ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयक परिसंवाद बुधबार सम्पन्न गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमा तयार पारिएको लघु अनुसन्धान प्रस्तुत गर्नुभएको थियो ।
गहुँको जाँडमा गहुँकै सातु मिसाएर तयार पारिएको खाजा हो, पोल्दक । दोलखाका जिरेल समुदायमा पोल्दक कुनै समय निकै प्रचलनमा थियो । करिब एक मानाको डल्लो (गहुँको जाँड र सातु मिसाइएको) पोल्दक र आलुको अचारसहितको खाजा जिरेल समुदायमा निकै सम्मानित मानिन्थ्यो । यसले थोरै मादकता दिन्थ्यो । भोक मेटिन्थ्यो । थकाइ बिर्सिइन्थ्यो । आपसमा रमाइलो गरी मेला सकिन्थ्यो । जिरी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलका अनुसार खेतीको समयमा पोल्दक अनिवार्य हुन्थ्यो । अहिले आधुनिकतासँगै जिरेल समुदायको परम्परागत खाजा पोल्दक विस्थापित भएको छ ।
प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगिएको छ । यसअघि प्रतिकेजी उपभोक्ता मूल्य २० रुपियाँमा कारोबार हुँदै आएको आयोडिन नुन प्रतिकेजीको २६ रुपियाँ पुगेको हो तर २० रुपियाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपियाँमा बेच्दै आएका व्यापारीले अब बढाएर ३० रुपियाँसम्म असुल्ने चिन्ता छ । साल्ट ट्रेडिङ सञ्चालक समितिको मङ्गलबारको बैठकले बुधबारदेखि लागु हुने गरी मूल्य वृद्धि हुने निर्णय गरेको हो । सरकारले २०७३ साल फागुनदेखि लागु गरेको २० रुपियाँबाट अहिले आएर पुनः मूल्य वृद्धि गरेको छ ।
बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको बताउनुभयो । उहाँले लगातार परेको झरीले बुकिङ पनि क्यान्सिल गर्नु परेको बताउनुभयो ।
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ । महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका विषय र अन्य कुरा पनि सार्वजनिक गरेर पार्टीको गोपनीयता भङ्ग गरेको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । पार्टी कार्यालय चःमतीमा बुधबार बसेको बैठकमा महामन्त्री ढकालले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने तथा आफूले पेस गरेको समीक्षा प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्नुभएको थियो ।
पठाओ चालक विकल शाक्यको मोटरसाइकल नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डमा पानीले भरिएको खाल्डोमा दुर्घटना भयो । बुधबार बिहान खाल्डोमा खसेको मोटरसाइकलमा यात्रुसहित दुई जना हुनुहुन्थ्यो । मानवीय क्षति नभए पनि मोटरसाइकल र मोबाइलमा भने क्षति भयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । राससलाई हालै दिनुभएको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नु पर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।”
अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ । सहकारी संस्थाको नियामक निकाय सङ्घीय सहकारी विभागले बुधबार एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा समेत यही नियम लागु हुने भएको छ ।
दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गर्ने आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार भोजपुरको पौवादुङ्मा–५ का दीपेन्द्र राई, नवलपुरको देवचुली–१२ का पवन काफ्ले, कावासोती–८ का सङ्घर्ष ढकाल, काठमाडौँ कलङ्कीका नवीन पौडेल, पोखरा–९ का समेश शेरचन र गोरखाको चुमनुब्री का–७ का छिरिङ निमा लामा रहेको जनाएको छ । पक्राउ पर्ने अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।
नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ । अवधारणाकै अभावमा नीति र कानुन पनि बन्न समस्या भएको सन्दर्भमा ती सबैको आधार तय गर्न सरकारले पहिलो पटक यससम्बन्धी अवधारणापत्र तयार गरेको हो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणा नै नभएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवधारणापत्र तयार पारेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको समितिले अवधारणापत्रको प्रतिवेदन बुधबार प्रस्तुत गरेको हो । मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठित समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा. बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इन्जिनियर सूर्यप्रकाश उपाध्याय रहनुभएको थियो । पाँच महिनाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा एआईको विकास, प्रयो
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन निर्माण नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइए पनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या देखिएको हो ।
मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ । आफ्नो बिरामी बच्चाका लागि औषधी किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हुनुभएको थियो । खोजी गर्ने क्रममा उहाँलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ ।