• १९ असोज २०८१, शनिबार

लेबनान–इजरायल सीमा तनाव वृद्धिको चेतावनी

blog

संयुक्तराष्टसङ्घ, असार २२ गते । संयुक्त राष्ट्र सङ्ले शुक्रबार ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त गरेको छ ।

लेबनानी र इजरायली सेनाबिच गोलाबारीको आदानप्रदान बढेपछि बढ्दो तनावलाई विश्व निकायले प्रकाश पारेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ताको कार्यालयको टिप्पणी अनुसार बिहीबारको शत्रुताले पूर्ण–स्तरको युद्धको जोखिम बढाउँछ ।

नोटले संयमको आवश्यकतालाई जोड दिँदै  युद्ध वृद्धि हुन सक्ने र यसलाई बेवास्ता गर्नुपर्ने जनाएको छ ।

द्वन्द्वको खतरा दोहोर्‍याउँदै गलत गणनाको खतराले अचानक र व्यापक द्वन्द्व निम्त्याउने र राजनीतिक तथा कूटनीतिक समाधान नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग हो भन्ने कुरामा जोड दिएको छ ।

सोही दिन लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्टले संसद्का अध्यक्ष नबीह बेरी र प्रधानमन्त्री नजिब मिकाती लगायत प्रमुख लेबनानी अधिकारीहरूसँग ब्लू लाइनमा डी–एस्केलेसनको आवश्यकताबारे छलफल गर्न संलग्न भए ।

संयुक्त राष्ट्रको नोटले लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलबाट शत्रुताको तत्काल अन्त्यका लागि आह्वान र सुरक्षा परिषद्को प्रस्ताव–१७०१ का लागि प्रतिबद्धता नवीकरण गरेको पनि दोहोर्यको छ । जुन इजरायल र हजबुल्लाह बिचको एक महिनाको घातक युद्धको केही समयपछि शत्रुताको पूर्ण अन्त्यका लागि अगस्ट २००६ मा स्वीकृत गरिएको थियो । रासस/सिन्ह्वा