• १९ असोज २०८१, शनिबार

पहिराले कान्तिलोकपथ अवरुद्ध

blog

पाटन (ललितपुर), असार २२ गते । अविरल वर्षाका कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका-३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो । 

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले दिनुभएको जानकारीअनुसार वर्षात्का कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ । अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताउनुभयो । महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भन्नुभयो “अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन ।” रासस