• २४ असार २०८१, सोमबार

लडेर युवकको मृत्यु

blog

राममणि दाहाल
हेटौँडा, असार २१ गते ।
मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी काम गरी बस्ने आएका पुजन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरी गाउँपालिका ६ स्थित सुनाचुरीमा वर्ष ३० का पुजन राम लडिरहेको अवस्थामा निजको भाईले देखेपछि प्रहरीलाई खबर गरी गम्भीर अवस्थामा रहेका निजलाई उपचारको पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको थियो ।

प्रहरीका अनुसार घाइते पुजन रामको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा गएराति ११ बजेको समयमा मृत्यु भएको र शव अस्पतालमा  छ ।