• २४ असार २०८१, सोमबार

मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी

blog

क्वालालम्पुर (मलेसिया), असार २१ गते । मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९ जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।

घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ ।

ग्यास चुहावटका पीडितहरू चक्कर आउने वाकवाकी लाग्नेलगायतका समस्याबाट पीडित भएको  स्थानीय उद्धार अधिकारी मुहम्मद नूर खैरी सामसुमिनले  विज्ञप्तिमा उल्लेख गर्नुभयो । 

अधिकारीले एक बिरामीलाई अस्पतालमा भर्ना गरिएको र  अन्य चौध जनालाई उपचारका लागि एयर डिजास्टर युनिटमा लगिएको बताएका छन् ।

प्रभावित व्यक्तिहरू सबै उक्त स्थल प्रयोग गर्ने तीनवटा कम्पनीमा कार्यरत छन् ।

अधिकारीका अनुसार सार्वजनिक सुरक्षामा कुनै खतरा बढेको छैन भने घटनाले यात्रु वा उडानलाई असर पनि गरेको छैन । प्रहरीका अनुसार नौ वर्षदेखि बेवास्ता गरिएको स्किड ट्याङ्क ग्यास चुहावटको स्रोत थियो ।

मुहम्मद नूरका अनुसार चुहावट भएको ग्यास मिथाइल मर्काप्टानको रूपमा पहिचान गरिएको थियो र तरल पेट्रोलियम ग्यासमा मिसाइन्छ । रासस/एएनआई