• २४ असार २०८१, सोमबार

ढलान भत्किएर पुरिएकाको सकुसल उद्धार

blog

ढलान भत्किएर पुरिएका कामदारको सकुशल उद्धार सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

सिन्धुपाल्चोक, असार २१ गते । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरुको सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीका सह प्रवक्ता एवम् डिएसपि शैलेन्द्र थापाले शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर हो ।

उहाँको अनुसार पुरिएकामध्ये नाम नखुलेका १० जनाको सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट तातोपानी सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीले उद्धार गरेको हो ।

उद्धार गरिएका मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ भने पुरिएका अन्य दुई जनाको खोजी कार्य जारी छ ।