• २४ असार २०८१, सोमबार

खोलाले बगाउँदा वृद्धको मृत्यु

blog

अर्जुन काफ्ले
स्याङ्जा, असार २१ गते ।
पुतलीबजार नगरपालिका –१ मा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । वीरेन्द्रनगर हुँदै बग्ने अरौँदीखोलाले बगाउँदा पुतलीबजार नगरपालिका –१ बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।

शुक्रबार अरौँदीखोला तर्ने क्रममा वृद्धलाई खोलाले बगाउँदा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । घाइते वृद्धलाई आफ्नै छोराले उद्धार गरेर स्याङ्जा अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।