• २३ असार २०८१, आइतबार

रारामा डुबेर एकको मृत्यु

blog

हरिकृष्ण ऐडी

मुगु, असार २० गते । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ ।

बिहीबार दिउँसो २ बजेको समयमा स्थानीय शिशिर रावल तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेले जानकारी दिनुभयो ।