राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ । सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी हुनुभएको हो ।
ढाकास्थित इन्डोर हालमा सोमबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा हुने छठ पूजामा सहभागी हुन लाग्नुभएको हो। प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानुहुनेछ।
राँचीमा भएको च्याम्पियनसिपमा सन्तोषीले महिला १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित काँस्य जित्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनुभएको छ ।
बागलुङ नगरपालिका–८ सिगानास्थित ढुङ्गाले छाएको परम्परागत घर रहेका लामिचौर गाउँ ।
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्णरूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नु भएको छ ।
सुनसरीका विभिन्न नदी, नाला, पोखरी, नहर र घरका छेउमा अस्थायी छठ घाटको सजावट कार्य गरेर साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी भएको छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो ।
महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व सुरु भएको छ । दाजुभाइप्रति समर्पित सामाचकेवा पर्व मिथिलानी (मिथिलाका नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच आसन्न उच्चस्तरीय वार्तापूर्व चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गर्दै वासिङ्टनको नीतिबाट विश्व बजार अस्थिर भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारस्थित परूवाफाँटमा पाकेर काट्न तयार भएको पहेँलपुर धानखेती ।