बागलुङको ताराखोला गाउँपालिकामा उच्चस्तरीय निर्वाचन सुरक्षासम्बन्धी अन्तरक्रिया गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका सीमानाका बन्द गरिने भएका छन् । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पर्ने पिथौरागढ जिल्लासँग जोडिएका नेपालका दार्चुला जिल्लाका सीमानाका तीन दिन (७२) घण्टासम्मका लागि सिल गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएका छन् । अधिकांश मतदान स्थलनजिकैसम्म सडक पुगे पनि ती स्थल अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकमैत्री बन्न नसकेको सरोकारवालाले बताएका छन् ।
शास्त्रीय प्रमाणसहतिको विविध उपयोगी विशेषतायुक्त पात्रो आर्यावर्तपञ्चाङ्गम् २०८३ प्रकाशित भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा मजबुत रहेकाले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । स्वतन्त्रपूर्वक ढुक्क भएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
राजनीतिमा पढेलेखेका आउँदैनन् भन्ने चर्चा सधैँ चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधि गरेका चार जना चुनावी मैदानमा उत्रिएका छन् तर चारै डाक्टरले चुनाव जित्न कडा मेहनत गर्नुपर्ने देखिएको छ । तीमध्ये तीन जना डा. भीमबहादुर रावल, अछाम–१; डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ र डा. ताराप्रसाद जोशी डडेलधुरामा लामो समयदेखि राजनीतिमा हुनुहन्छ । कैलाली–५ बाट डा. आनन्द चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा गएरातिबाट मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार/पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आएका स्थानीयले अहिलेसम्म पनि आफूले उपभोग गरेको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाउन नसक्दा सुकुमवासी भएर बस्न बाध्य भएका छन् ।
नेपाली राजनीतिको रङ्गमञ्चमा निर्वाचनको साइत जुर्नेबित्तिकै एउटा राजनीतिक पदावली निकै चर्चामा आउँछ ‘हेभी वेट’ उम्मेदवार । चोक, चौतारीदेखि मिडियाका हेडलाइनसम्म कुन निर्वाचन क्षेत्रमा कुन दलको कस्तो ‘हेभी वेट’ उम्मेदवार उठ्यो भन्ने बहसले प्राथमिकता पाउँछ । सामान्य अर्थमा हेभी वेट भन्नाले उम्मेदवारको प्रभाव, शक्ति, पैसा, पहुँच र संसाधनको सम्पन्नतालाई बुझिन्छ । के लोकतन्त्रको स्वास्थ्यका लागि यस्तो ‘वजन’ फलदायी छ त ? गम्भीरतापूर्वक विश्लेषण
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक निर्माणमा हुने ढिलासुस्ती समाधानका लागि ठेकेदारलाई झुण्ड्याउनेजस्ता उग्र अभिव्यक्तिभन्दा कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ।
नेपाल प्राकृतिक अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत सम्भावना बोकेको देश हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य राजनीतिक दलले आफ्नो चुनावी घोष
नेपालको राजनीतिक इतिहासको अभिलेखमा यस वर्ष ४५ जना सहिद थपिए । योसमेत सरकारले २०४६ सालको परिवर्तनपछि विभिन्न समयमा ७४ पटक घोषणा गरेका सहिदको सङ्ख्या १४ हजार ९१६ पुगेको छ । यस गणनामा २००७ सालभन्दा पहिलेका लखन थापा तथा १९९७ सालमा मृत्यदण्ड दिइएका चार सहिद, २००७ सालदेखि २०४६ सालसम्म, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सालसम्मको माओवा
गर्भावस्था एक सुन्दर यात्रा हो, प्रकृतिको अद्भुत उपहार हो, जसले नारी जीवनलाई पूर्णता प्रदान गर्छ । यस अवस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन यस यात्राका सुन्दर पाइला हुन् । यसले स्वास्थ्यका केही चुनौतीले यो यात्रा जोखिमपूर्ण बनाउन सक्छन् । त्यसमध्ये एक गम्भीर चुनौती हो– गर्भावस्थाजन्य उच्च रक्तचाप । नेपाली समाजमा यसलाई ‘गर्भावस्थाको दौरानमा रक्टदाब बढ्नु’ भनेर चिनिन्छ । यसलाई मेडि
ताप्लेजुङका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म एक साता बिदा गर्ने भएका छन् । फागुन १८ गते आइतबारबाट बिदा भएका विद्यालय २५ गते सोमबार बिहान १० बजेदेखि मात्रै नियमित हुने भएको हो ।
नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ । शुक्रबार नेपाल मगर सङ्घ कैलालीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कैलाली जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट ठुलो सङ्ख्यामा मगर समुदायको उपस्थिति रहेको थियो ।