• १६ फागुन २०८२, शनिबार

ताप्लेजुङका निजी विद्यालयमा एक साता बिदा

blog

ताप्लेजुङको निजी विद्यालयद्धारा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, फागुन १६ गते ।
ताप्लेजुङका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म एक साता बिदा गर्ने भएका छन् । फागुन १८ गते आइतबारबाट बिदा भएका विद्यालय २५ गते सोमबार बिहान १० बजेदेखि मात्रै नियमित हुने भएको हो ।

फागुन १८ गते होली पर्व पर्छ र यो दिन हिमाली तथा पहाडी जिल्लामा सार्वजनिक बिदा हुन्छ । २० देखि २२ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गृह मन्त्रालयले गरिसकेको छ ।

फागुन २३ गते शनिबार र २४ गते नारी दिवस भएकाले यी दुई दिन पनि सार्वजनिक बिदा छ । फागुन १९ गते एक दिन विद्यालय नलगाउने निर्णय गरिएको निजी विद्यालय अर्गनाइजेशन प्याब्सनका सचिव तरुण भारतीले जानकारी दिनुभएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गाउँ जाने शिक्षक तथा अभिभावकका लागि पनि सहज वातावरण बनाइएको जिल्ला अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । जिल्लामा २६ वटा निजी विद्यालय रहेको जनाइएको छ ।