राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले पार्टीमा शुक्रबार प्रवेश गराउनु भएको हो ।
प्रेस काउन्सिल नेपालले फागुन २१ गतेको निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच हासमीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे विभिन्न जिल्लाका मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
धनकुटामा निर्वाचनमा खटिइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई एक दिने तालिम दिएको हो ।
सर्लाही सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न तीन जना अभियुक्त पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका –४ का बामदेव गुरुङ पुनः एमालेमा फर्किनुभएको छ । केही समयअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएका गुरुङलाई एमाले केन्द्रीय सदस्य सुजिता शाक्यले आज पुनः उहाँलाई एमालेमा फर्काउनुभएको हो।
पश्चिम नवलपरासी कारागारबाट भागेका १८० जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। गत भदौ २३ र २४ गते भएको कैदीबन्दी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते बिहान कारागारबाट भागेकामध्ये ३० महिला र १५० पुरुष अझै फरार छन्।
विगतका आमनिर्वाचनको तुलनामा यसपटक राजनीतिक दल र उम्मेदवारको चुनावी प्रचार शैली फेरिएको छ। हिजोका दिनमा भव्य मञ्च, तडकभडक र ठुला आमसभालाई प्राथमिकता दिने दल तथा उम्मेदवारहरू यसपटक घरदैलो र व्यक्तिगत भेटघाटमा केन्द्रित देखिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित विभिन्न पार्टीबाट सैनामैना र बुटवलको वडा १२ र १३ मा साढे तीनसयभन्दा बढी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उहाँहरुलाई आज पार्टीमा स्वागत गर्नुभयो ।
बाँकेको कोहलपुर नगरपालिका नगरपालिका –११ की २३ वर्षीया रेश्मा राईले आमाको नामबाट वंशजको नागरिकता पाउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कुनै पनि नागरिकलाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।