आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गरी निर्वाचन आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
नेपाल आर्मीका खेलाडीले जुडोमा चार स्वर्णपदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार सकिएको सात इभेन्टमध्ये आर्मीका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । आर्मीले थप तीन रजत र तीन काश्य पदक पनि हात पारे ।
दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।
सन्तोषी श्रेष्ठ अहिलेको समयमा नेपालकी सबभन्दा चर्चित धाविका हुनुहुन्छ । सन् २०१९ मा काठमाडौंमा भएको १३ औँ सागमा दस हजार मिटर महिला दौड फोटो फिनिसमा नेपाललाई स्वर्ण दिलाएपछि सन्तोषीको चर्चा चुलिएको थियाे । जुन उपलब्धिले उहाँलाई दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउने एक मात्र महिला धाविका बनाएको थियाे । सो प्रतियोगितापछि उहाँ विरलै दोस्रो हुनुभएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
रुपन्देही–२ सत्ता गठनबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीशद्वाय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा साझा उम्मेदवार गुरुङको रिटमा सुनुवाइ हुन लागेको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।
तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा पटाका आतङ्क सुरु भएको छ । मुख्यतः दशैं सकिएलगत्तै मधेश प्रदेशका सबै जिल्लामा पटाका आतङ्कको समस्या सुरु भएको हो । यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र खोजी कार्य तीव्र पारेपछि भारी मात्रामा पटाका बरामद भएको जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभतर्फ भएको पहिलो खेलमा विभागिय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका धेरैले अझै उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकालाई सम्बन्धित दलले उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले बागी उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्तारूढ गठबन्धनका दलले विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही नहुने भन्दै फकाउँदै पनि आएका छन् ।