• १३ साउन २०८१, आइतबार

करेन्ट लागेर बालिकाको मृत्यु

blog

कमल शर्मा

दैलेख, कात्तिक २ गते । दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले गुराँस गाउँपालिका–२ को गयलसेनस्थित बाटोमा लत्रिएको तारबाट बालिकालाई करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मृतक बालिकाको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको बताउनुभयो । 


मामाघरदेखि नजिकै रहेको फुपूको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको स्थानीयको भनाइ छ ।


बालिकाको आमाले जाहेरी दिएपछि शव पोष्टमार्टम हुने प्रहरी प्रमुख साहले जानकारी दिनुभयो । बालिका बाल कल्याण प्राविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।