• १९ असोज २०८१, शनिबार

‘संविधानको कमजोरी सच्याउन दुई दलको गठबन्धन’

blog

काठमाडौं, असोज १९ गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले संविधानमा विद्यमान कमजोरी सच्याउन प्रतिनिधि सभामा रहेको प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच पछिल्लो गठबन्धन गर्नुपरेको बताउनुभएको छ । 

गोरखापत्र अनलाइनको, ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नयाँ संविधानले जनताको मौलिक हकको उत्कृष्ट व्यवस्था गरिएको भए पनि सबै ऐन बन्न नसक्दा कार्यान्वयनमा समस्या भइरहेको उहाँले प्रष्ट पार्नुभयो । आगामी दिनमा बन्न बाँकी ऐन बनाउने र संविधानमा भएको कमजोरी सच्याउन प्रमुख दुई दल केन्द्रित हुने उहाँको भनाइ छ । 

युवा नेता गैरेले भन्नुभयो, “प्रदेश सरकार बलियो बनाऔं, बढीमा ७ मन्त्रालय रहने व्यवस्था गरौं ।

तीन तहको सरकारमा स्थानीय सरकार स्थायी र बलियो बने पनि प्रदेश सरकारको व्यवस्थापनका लागि आवश्यक ऐनको खाँचो रहेको उहाँले बताउनुभयो । देशमा सङ्घीय शासन प्रणाली भए पनि केही नेताहरूमा केन्द्रीकृत सोच र कार्यशैली भएकै कारण समस्या आइरहेको उहाँले गुनासो गर्नुभयो । प्रदेश सरकारलाई स्थानीय सरकारजस्तो स्थायी र भरपर्दो बनाउन नेताहरू इमान्दार हुनुपर्ने उहाँको बुझाइ छ । 

सङ्घीय सरकार बन्दा र भत्किदा प्रदेश सरकार पनि बन्ने र भत्किने गर्नु गलत भएको चर्चा गर्दै युवा नेता गैरेले भन्नुभयो, “प्रदेश सरकार बलियो बनाऔँ, बढीमा ७ मन्त्रालय रहने व्यवस्था गरौँ । त्यसका लागि नेताहरूको सोच बदलौँ ।” तीनै तहको सरकारले प्रभावकारी काम गरे मात्र सङ्घीय व्यवस्था बलियो बन्ने सांसद गैरेले बताउनुभयो ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको ‘मृत्युमार्ग’ को परिचय बनाएको सो सडक स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो । 

पाल्पा निर्वाचन क्षेत्र नं. २ आफू निर्वाचित भएको जिल्लामा अथाह विकासको सम्भावना रहे पनि आशातित् विकास गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । सरकारी ढिलासुस्ती प्रक्रियाका कारण महत्त्वपूर्ण आयोजनाहरू सम्पन्न हुन समय लागेको उहाँको भनाइ छ । विकास निर्माणका अनेक आयोजनाहरू जारी रहे पनि सम्पन्न हुन समय लाग्ने हुनाले परिणाम आउनमा ढिला भएको उहाँले चर्चा गर्नुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गतको ‘मृत्यु मार्ग’ को परिचय बनाएको सो सडक स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो । 

प्रस्तुत छ– नेकपा (एमाले) का युवा नेता तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएका सांसद ठाकुरप्रसाद गैरेसँग गोरखापत्र अनलाइनका लागि उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानीः

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।