• ७ जेठ २०८१, सोमबार

डेंगु सङ्क्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

blog

डेंगु सङ्क्रमण पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएका राज्यमन्त्री केसी । तस्बिर : राज्यमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक २ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।

गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराउनुभएको थियाे ।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माले जानकारी दिनुभयो ।  राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।