• १९ असोज २०८१, शनिबार

नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ सहयोग गरेको छ।

blog

लगानी कोषको ५१ लाख रुपियाँ बुझ्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असोज १९ गते। नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ सहयोग गरेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ।

असोज ११ र १२ गते देशका विभिन्न भू-भागमा आएको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्‍याउन संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको कोषले जनाएको छ।