सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयामा हत्याको अनुसन्धानको क्रममा हिरासतमा लिइएकी एक महिलालाई प्रहरीले चरम यातना दिएको घटना सार्वजनिक भएको छ। मिर्चैया नगरपालिका–१ स्थित रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको गत असोज १५ गते भएको हत्याको अनुसन्धानको क्रममा उहाँकी बुहारी जिवछीदेवी साहलाई प्रहरीले केही दिनअगाडि नियन्त्रणमा लिएको थियो।
कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पूर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीलाई चलचित्रका बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मीलगायतले भ्रमण गर्नुभएको थियो ।
दक्षिण एसियाली मुलुकका महिला गृह श्रमिकहरूको शिल्पकलाका तस्बिरहरूको प्रदर्शनी मङ्गलबार सुरु भएको छ । सन् २००० मा राजधानीमा आयोजित दक्षिण एसियाली मुलुकका श्रमिकहरूको भेलाले काठमाडौँ घोषणापत्र जारी गर्दै श्रमिकको साझा सङ्गठन ‘होमनेट साउथ एसिया’ (एचएनएसए) स्थापना गरिएको २२औँ वर्षका अवसरमा श्रमिकका गतिविधि समेटिएका तस्बिरहरूको प्रदर्शनी आयोजना गरिएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबै भन्दा धेरै पदक जित्दै च्याम्पियन बनेको हो ।
विगतको निर्वाचनमा एउटै मञ्चबाट भाषण गरेका तीन सहकर्मी अहिले चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन्। सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य तथा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धी हुनुभएको हो।
त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रम तथा प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ। विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पेसागत मर्यादालाई भुलेर राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा लागेको, उम्मेदवारको पक्ष र विपक्षमा खुलेको, दलको महाधिवेशनको समयमा केन्द्रीय समितिमा उम्मेदवार भएको तथा महाधिवेशन प्रतिनिधि हुनेलगायतका विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही गर्न त्रिविलाई निर्देशन दिएको थियो।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार अपरान्ह आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ सहित झापाका बिभिन्न कार्यक्रममा सहभागि हुन गृह नगर दमक आउनु भएका ओलीको स्वास्थ्यमा समस्या आएको थियो ।
आधुनिक विश्वमा विभिन्न मुलुकबीच आपसी सम्बन्धलाई संस्थागत बनाउने अनेक आयाम अगाडि बढाइएको हुन्छ। यस्ता संस्थागत संरचना अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका महत्वपूर्ण कडी हुन्। एकअर्का मुलुकमा आवतजावत गर्न प्रवेशाज्ञाका सहज बनाउन अनेक विधि र प्रक्रिया अवलम्बन गरिएको हुन्छ। दूतावासको अवधारणाले यस्ता प्रक्रियालाई सहजीकरण गर्छ। यी संस्थागत संरचना र प्रक्रिया अन्तर्राष्ट्रिय कूटनीतिअन्तर्गत अनेक महासन्धि तथा अभिसन्धिको
वि.सं. २०१७ पुस १ को राष्ट्रघातले नेपाली जनताको हित र हक मात्र खोसेको थिएन, त्यसले जनताको बाँच्न पाउने अधिकार पनि खोसेको थियो। त्यसै दिनदेखि राजनीतिक प्रतिशोधमा व्यक्तिहत्याको लामो शृङ्खला सुरु भयो। त्यसैमा वि.सं. २०३० को कात्तिक २ गते सरोजप्रसाद कोइरालाको भारतको मधुवनीमा हत्या गरियो। उहाँ नेपाली कांग्रेसका एक लोकप्रिय नेता हुनुहुन्थ्यो।
प्रतिनिधि सभा र प्रदेश निर्वाचनको राजनीतिक सरगर्मी सुरु भएको छ। हामी जानकार नै छौँ, राजनीतिक शासन प्रणाली र शासकीय जवाफदेहिता मजबुत नभए मुलुकको आर्थिक–सामाजिक रूपान्तरण र आर्थिक प्रगति हुँदैन। यसका लागि नागरिक तहबाट शक्तिशाली हस्तक्षेप गर्न सबै तहको साझा अभियान र सङ्गठन नै आजको आवश्यकता हो। यो आवश्यकता पूरा गर्ने अवसर आसन्न २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हो। यता, उम्मेदवारले निर्वाचन भनेको जनआकाङ्क्षा र जनचाहनाको विषय हो भन्ने सुझबुझ राख्नु पर्छ।
आर्थिक वर्षको सुरुले प्रशासनिक तथा आर्थिक क्षेत्रमा महìव राख्ने गर्दछ। आर्थिक वर्षको सुरुसँगै बजेट र वार्षिक कार्यक्रमले निर्दिष्ट गरेका कार्यत्रmम कार्यान्वयनमा तत्परता देखाउनुपर्ने हुन्छ। यसले वार्षिक बजेटमा रहेका कार्यक्रमको कार्यान्वयनबाट सरकारले सम्पादन गर्नुपर्ने काम सम्पादन हुने, जनआकाङ्क्षाको सम्बोधन हुने र पुँजीगत खर्च हुने गर्छ। आर्थिक वर्षको सुरु अर्थात् पहिलो चौमासिकमा यी कामको जग जति बसाल्न सकियो सो आर्थिक वर्षमा सोहीअनुरूप प्रगति हासिल हुने गर्छ। नेपालको सन्दर्भमा आर्थिक वर्षको सुरुसँगै आउने यो आर्थिक तथा प्रशासनिक दायित्वको साथसाथै पहिलो चौमासिक चाडबाडमय बन्ने गरेको छ। यसले आर्थिक तथा प्रशासनिक दायित्व निर्वाहको काममा केही अवरोध सिर्जना गर्ने गरेको पाइन्छ।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही विस्तापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुभएको छ ।
सबैभन्दा ठूलो मान्छे को हो भनेर सोध्दा कूटनीतिज्ञ सरदार यदुनाथ खनालले एक पटक भनेका थिए, “जसले शिक्षण संस्था बनाउँछ, ऊ नै ठूलो मान्छे हो।” प्रसिद्ध शिक्षविद् रबिन्सन र डारोन आसमोग्लुले ‘ह्वाइ नेसन फेल’ नामक किताबमा भनेका छन्, “जहाँ शिक्षण संस्था विकसित भएका छैनन्, ती देश अविकसित, असुरक्षित र असफल हुन्छन्। जुन देशमा शिक्षण संस्था विकसित भएका छन्, ती देश आर्थिकलगायत सबै किसिमले सम्पन्न हुन्छन्।”
चितवनको निर्वाचन क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाउनुभएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार हुनुभएका पौडेल अहिले जनता रिझाउन प्रचारमा लाग्नुभएको छ।
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार बागमती प्रदेशका उम्मेदवार र दलहरूले सबैभन्दा कम खर्च गर्न पाउने भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्यका सबैभन्दा कम खर्च सीमा २५ लाख रुपियाँ तोकिएको छ। आयोगले तोकेको खर्चको उक्त सीमाभित्र रहेर काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३, ६, ७ र ८ का उम्मेदवारले खर्च गर्नुपर्ने आयोगले जनाएको छ।