वि.सं. २०१७ पुस १ को राष्ट्रघातले नेपाली जनताको हित र हक मात्र खोसेको थिएन, त्यसले जनताको बाँच्न पाउने अधिकार पनि खोसेको थियो। त्यसै दिनदेखि राजनीतिक प्रतिशोधमा व्यक्तिहत्याको लामो शृङ्खला सुरु भयो। त्यसैमा वि.सं. २०३० को कात्तिक २ गते सरोजप्रसाद कोइरालाको भारतको मधुवनीमा हत्या गरियो। उहाँ नेपाली कांग्रेसका एक लोकप्रिय नेता हुनुहुन्थ्यो।
प्रतिनिधि सभा र प्रदेश निर्वाचनको राजनीतिक सरगर्मी सुरु भएको छ। हामी जानकार नै छौँ, राजनीतिक शासन प्रणाली र शासकीय जवाफदेहिता मजबुत नभए मुलुकको आर्थिक–सामाजिक रूपान्तरण र आर्थिक प्रगति हुँदैन। यसका लागि नागरिक तहबाट शक्तिशाली हस्तक्षेप गर्न सबै तहको साझा अभियान र सङ्गठन नै आजको आवश्यकता हो। यो आवश्यकता पूरा गर्ने अवसर आसन्न २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हो। यता, उम्मेदवारले निर्वाचन भनेको जनआकाङ्क्षा र जनचाहनाको विषय हो भन्ने सुझबुझ राख्नु पर्छ।
आर्थिक वर्षको सुरुले प्रशासनिक तथा आर्थिक क्षेत्रमा महìव राख्ने गर्दछ। आर्थिक वर्षको सुरुसँगै बजेट र वार्षिक कार्यक्रमले निर्दिष्ट गरेका कार्यत्रmम कार्यान्वयनमा तत्परता देखाउनुपर्ने हुन्छ। यसले वार्षिक बजेटमा रहेका कार्यक्रमको कार्यान्वयनबाट सरकारले सम्पादन गर्नुपर्ने काम सम्पादन हुने, जनआकाङ्क्षाको सम्बोधन हुने र पुँजीगत खर्च हुने गर्छ। आर्थिक वर्षको सुरु अर्थात् पहिलो चौमासिकमा यी कामको जग जति बसाल्न सकियो सो आर्थिक वर्षमा सोहीअनुरूप प्रगति हासिल हुने गर्छ। नेपालको सन्दर्भमा आर्थिक वर्षको सुरुसँगै आउने यो आर्थिक तथा प्रशासनिक दायित्वको साथसाथै पहिलो चौमासिक चाडबाडमय बन्ने गरेको छ। यसले आर्थिक तथा प्रशासनिक दायित्व निर्वाहको काममा केही अवरोध सिर्जना गर्ने गरेको पाइन्छ।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही विस्तापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुभएको छ ।
सबैभन्दा ठूलो मान्छे को हो भनेर सोध्दा कूटनीतिज्ञ सरदार यदुनाथ खनालले एक पटक भनेका थिए, “जसले शिक्षण संस्था बनाउँछ, ऊ नै ठूलो मान्छे हो।” प्रसिद्ध शिक्षविद् रबिन्सन र डारोन आसमोग्लुले ‘ह्वाइ नेसन फेल’ नामक किताबमा भनेका छन्, “जहाँ शिक्षण संस्था विकसित भएका छैनन्, ती देश अविकसित, असुरक्षित र असफल हुन्छन्। जुन देशमा शिक्षण संस्था विकसित भएका छन्, ती देश आर्थिकलगायत सबै किसिमले सम्पन्न हुन्छन्।”
चितवनको निर्वाचन क्षेत्र नं. १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अर्थ मन्त्रालय सम्हालेर सफल अर्थमन्त्रीको छवी बनाउनुभएका पाण्डे र योजना आयोगको उपाध्यक्ष पद छाडेर संसदीय राजनीतिमा पहिलो पटक निर्वाचनमा उम्मेदवार हुनुभएका पौडेल अहिले जनता रिझाउन प्रचारमा लाग्नुभएको छ।
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार बागमती प्रदेशका उम्मेदवार र दलहरूले सबैभन्दा कम खर्च गर्न पाउने भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्यका सबैभन्दा कम खर्च सीमा २५ लाख रुपियाँ तोकिएको छ। आयोगले तोकेको खर्चको उक्त सीमाभित्र रहेर काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३, ६, ७ र ८ का उम्मेदवारले खर्च गर्नुपर्ने आयोगले जनाएको छ।
पछिल्लो समय दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित च्छोरोल्पा हिमताल घुम्न आउनेहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ। समुद्र सतहदेखि चार हजार ५८० मिटर उचाइमा रहेको यो हिमतालमा दैनिक दर्जनौँ समूहमा पर्यटक आउने गरेका छन्। विदेशी पर्यटकहरूसमेत च्छोरोल्पा हुँदै टासीलाप्चा पास गरेर सोलुखुम्बु जाने गरेका छन्। विदेशीहरू पनि पाँचदेखि छ जनाकै समूहमा भेटिएको वडाअध्यक्ष ङिमागेली शेर्पा बताउनुभयो।
सूचीकृत कम्पनीहरूको सुधारका साथै व्यवसाय विकासका लागि क्रेडिट रेटिङको भूमिका अब्बल रहेको भन्दै सरोकारवलाहरूले यसको आवश्यकता औँल्याएका छन् । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अन्तिम दिन मङ्गलबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका सिनियर एनालिस्ट ग्रीष्मा ढुङ्गानाले कम्पनीको वित्तीय अवस्थामा सुधार ल्याउन क्रेडिट रेटिङ आवश्यक भएको बताउनुभयो ।
रामेछाप सदरमुकाम मन्थलीबाट सोलुखुम्बु जिल्लाको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको छ । सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका पर्यटकलाई सीता, तारा र समिट एयरले उडान सेवा प्रदान गरिरहेको छ । पर्यटकको आगमनसँगै मन्थलीस्थित सानादेखि ठूला होटलहरू विदेशी पर्यटकले भरिभराउ छन् ।
दीपावली अर्थात् तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा पूर्वी नाका काँकडभिट्टाबाट सयपत्री फूल नेपाल आउन थालेको छ । पछि महँगो हुने भएकाले अहिलेदेखि नै भारतबाट फूल ल्याएर सुरक्षित भण्डारण गरेर एक सातापछि फूलको बिक्री सुरु हुने व्यापारीले जनाएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहारलक्षित अनुगमनलाई तीव्रता दिएको छ । ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ अनुुगमन गर्दै आएको विभागले दशैँ सकिएलगत्तै तिहारलक्षित अनुगमनलाई तीव्रता दिएको हो । विभागका अनुसार विभागका बजार निरीक्षक अधिकृतको नेतृत्वमा तिहारका बेलामा बढी खपत र माग हुने सामानमा मूल्य र गुणस्तरमा केन्द्रित भएर अनुगमन सुरु भएको छ ।
अविवाहित किशोरीबाट जन्मिएको नवजात शिशु वीर अस्पतालको शौचालयसँगै राखिएको डस्टबिनमा फेला परेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार ती नवजात शिशु भारतको सीतामढी जिल्ला बथनाहाकी १९ वर्षीया किशोरी काजलकुमारी साहको रहेको खुलेको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२३, ओमबहालस्थित घरमा डेरा गरी बस्दै आएका ओमप्रकाश साहकी अविवाहित छोरी काजललाई पेटमा समस्या देखिएपछि मङ्गलबार बिहान ४ः३० बजे बुवा र उनका दाजु सनिकुमार साहले उपचारका लागि वीर अस्पताल पु¥याउनुभएको थियो ।
यस वर्षको मनसुन बिदा भएको छ । मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत्बाट अनुमानभन्दा कम क्षति पुगेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो ।
सयपत्री फूलको माग वृद्धि भए पनि लागत खर्च कम गर्न नसक्दा उपभोक्ताले सस्तोमा माला पाउन सकेका छैनन् । व्यावसायिक रूपमा सयपत्रीको फूलखेती गर्नेहरूले भारत, थाइल्यान्डलगायतका देशबाट बीउ ल्याउने गरेका छन् । फूलको बीउ नेपालमा नै उत्पादन गर्न सकेमा सस्तोमा खरिद गरेर लगाउँदा उपभोक्ताले सुलभ मूल्यमा माला फूल पाउने व्यवसायीको भनाइ छ ।