• १९ असोज २०८१, शनिबार

व्यवसाय विकासमा क्रेडिट रेटिङ महत्त्वपूर्ण

blog

काठमाडौँ, कात्तिक २ गते । सूचीकृत कम्पनीहरूको सुधारका साथै व्यवसाय विकासका लागि क्रेडिट रेटिङको भूमिका अब्बल रहेको भन्दै सरोकारवलाहरूले यसको आवश्यकता औँल्याएका छन् । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अन्तिम दिन मङ्गलबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका सिनियर एनालिस्ट ग्रीष्मा ढुङ्गानाले कम्पनीको वित्तीय अवस्थामा सुधार ल्याउन  क्रेडिट रेटिङ आवश्यक भएको बताउनुभयो ।

क्रेडिट रेटिङको इतिहास तथा अन्तर्राष्ट्रिय परिदृश्य विषयमा प्रस्तुति गर्दै उहाँले कम्पनीको रेटिङ जति धेरै भयो त्यति नै धेरै विश्वास बढ्ने बताउनुभयो । उहाँले कुनै ऋणीले लिएको क्षमताका आधारमा रेटिङ गर्ने गरेको बताउनुभयो । कम्पनीको काम गर्ने क्षमता र कम्पनीको नगद प्रवाहका आधारमा रेटिङमा असर पर्ने उहाँको भनाइ थियो । रेटिङमार्फत वित्तीय विश्लेषण हुने भएकाले सेयर बजारमा यसको आवश्यकता पर्ने बताउनुभयो । 

नेपालका सन्दर्भमा क्रेडिट रेटिङ, नियमन तथा चुनौतीहरू विषयमा प्रस्तुति गर्दै इक्रा नेपालका सैलेश सुवेदीले चार सय ग्राहकलाई नेपालमा मात्र तीनवटा कम्पनीले रेटिङ सुविधा दिइरहेको बताउनुभयो । रेटिङको बजार बढे पनि यसका लागि दक्ष जनशक्ति नभएको र भएकालाई पनि राम्रो सेवा नभएको उहाँको गुनासो थियो । 

वित्तीय स्थायित्वका लागि रेटिङको महìवपूर्ण भएको बताउँदै उहाँले नीतिगत रूपमा स्पस्ट नीति नहँुदा काम गर्न गाह्रो भएको बताउनुभयो । रेटिङले ग्राहकलाई प्रत्यक्षमा लाभ दिन नसके पनि व्यवसायलाई विकास गर्न भने सहज गराउने उहाँको भनाइ थियो ।

क्रेडिट रेटिङको प्रक्रिया सङ्केत तथा आवश्यकताका बारेमा प्रस्तुति गर्दै केयर रेटिङ कम्पनीका लिड एनालिस्ट सन्तोष पुडासैनीले रेटिङ कम्पनीलगायत सबै क्षेत्रमा हुने बताउनुभयो । रेटिङले एक सय वर्षको इतिहास बोकेको भन्दै उहाँले नेपालमा रेटिङका लागि ३० दिनसम्मको समयसीमा दिएको जानकारी दिनुभयो ।