• ११ मंसिर २०८१, मङ्गलबार

कोइरालाको प्रतिशोधपूर्ण हत्या

blog

वि.सं. २०१७ पुस १ को राष्ट्रघातले नेपाली जनताको हित र हक मात्र खोसेको थिएन, त्यसले जनताको बाँच्न पाउने अधिकार पनि खोसेको थियो। त्यसै दिनदेखि राजनीतिक प्रतिशोधमा व्यक्तिहत्याको लामो शृङ्खला सुरु भयो। त्यसैमा वि.सं. २०३० को कात्तिक २ गते सरोजप्रसाद कोइरालाको भारतको मधुवनीमा हत्या गरियो। उहाँ नेपाली कांग्रेसका एक लोकप्रिय नेता हुनुहुन्थ्यो। 

वि.सं. २००३ असोजमा बनारसमा नेपाली छात्र सङ्घको गठन भयो। बनारसको हरिश्चन्द्र हाइस्कुलमा अध्ययनरत कोइराला देशमा प्रजातन्त्र स्थापनामा सहयोग पु¥याउने दृढ अठोटका साथ त्यसमा संलग्न हुनुभयो। त्यसको केही महिनापछि २००३ साल माघ १२ र १३ गते कलकत्ता (हाल कोलकाता)मा सम्पन्न अधिवेशनले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना ग¥यो। त्यसले उहाँलाई अझ उत्साहित पा¥यो। नेपालको निरङ्कुश राणातन्त्रलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापनाको सङ्घर्षमा आफूलाई समर्पित गरेर उहाँ नेपाली राष्ट्रिय कांग्रेसमा समाहित हुनुभयो। 

पिताजी कृष्णप्रसाद कोइरालाका जेठा दाजु सरदार कालीदास  कोइरालाका नाति सरोजप्रसाद कोइरालाले पिताजी कृष्णप्रसाद कोइरालाले देश र देशवासीको हितमा गरेका कार्य र त्यसबापत राणा शासनबाट उहाँको सम्पूर्ण परिवारले बेहोर्नु परेको कठोर प्रताडना, अनेक दुःख र कष्टलाई नजिकैबाट देख्नुभएको थियो। पिताजीलाई वि.सं. २००१ को फागुनमा विराटनगरमा पक्राउ गरेर काठमाडौँ ल्याइयो। २००१ को माघमा उहाँको बन्दी अवस्थामा नै निधन भयो। त्यसबेला बीपी कोइराला भारतको हजारीवाग जेलमा हुनुहुन्थ्यो। उहाँको भारतको स्वतन्त्रताको सङ्घर्ष र नेपालको राणा शासन विरोधको सङ्घर्ष – यी दुवैले सरोजप्रसाद कोइरालालाई प्रजातान्त्रिक सङ्घर्षमा सरिक हुन प्रेरणा प्रदान गरेका थिए। 

नेपाली राष्ट्रिय कांग्रेस स्थापनाको डेढ महिना पनि नपुग्दै २००३ साल फागुन २१ देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भयो। त्यसलाई सहयोग पु-याउन बीपी र नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताहरू पनि विराटनगर आउनुभयो। आन्दोलनलाई दमन गर्न काठमाडौँबाट पठाएको २५० जना सेनाको एक टोली विराटनगर आयो। त्यही टोलीले चैत १२ का दिन बीपी, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ ग-यो। त्यसबाट मजदुर अझ उत्तेजित भए। पक्राउको विरोधमा चैत १४ गते मजदुरले विशाल जुलुस प्रदर्शन गरे। सेनाले निहत्था मजदुरको शान्तिपूर्ण जुलुसमा बर्बरतापूर्वक गोली चलायो। मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए। अरू अनेकौँ घाइते भए। आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मासमेत अरू धेरैलाई पक्राउ गरियो। 

यसको विरोधमा नेपाली राष्ट्रिय कांग्रेसले २००४ वैशाख १ देखि देशव्यापी रूपमा सत्याग्रह ग-यो। राजधानी उपत्यका, विराटनगर, जनकपुर, इलाम, धनकुटा, वीरगञ्जलगायत कतिपय ठाउँमा सत्याग्रह भयो। धेरैलाई पक्राउ गरियो। जनकपुरको सत्याग्रहमा सरोजप्रसाद कोइरालाको उल्लेखनीय भूमिका रह्यो। त्यहाँ उहाँसमेत अरू धेरैलाई पक्राउ गरियो। केही महिनापछि उहाँ र अरू अन्यलाई समेत रिहा गरियो तर राणाशासनको विरोधको सङ्घर्षमा सरोजबाबु अझ सशक्त ढङ्गले लागिरहनुभयो। त्यसैले २००४ को मङ्सिरमा उहाँलाई फेरि पक्राउ गरियो र जलेश्वर जेलमा राखियो। 

२००७ साल कात्तिक २६ देखि देशमा जनक्रान्ति प्रारम्भ भयो। त्यसमा भाग लिने उत्कट आकाङ्क्षा लिएर २००७ को कात्तिक ३० गते सरोजप्रसाद खुट्टामा नेल लगाएकै स्थितिमा जेलबाट उम्कनुभयो। नेपाली कांग्रेसले जनकपुर कब्जा ग-यो। २००७ को माघमा त्यहाँ जनसरकारको गठन भयो। रुद्रप्रसाद गिरी त्यसको गभर्नर हुनुहुन्थ्यो। महेन्द्रनारायण निधि सरकारप्रमुख र बोधप्रसाद उपाध्याय, सरोजप्रसाद कोइराला, दिगम्बर झा र इन्द्रबहादुर मल्ल सदस्य हुनुहुन्थ्यो। यो सरकारले त्यहाँ शान्ति–स्थिति कायम ग-यो र जनताको हितमा अनेक महìवपूर्ण कार्य ग¥यो। 

२००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भयो। राणा र कांग्रेसको संयुक्त सरकार गठन भयो। अन्तरिम शासन विधान, २००७ लागू भयो तर २००८ को उत्तराद्र्धतिर आइपुग्दा प्रजातन्त्रको संस्थागत विकासमा अवरोध खडा गर्ने, संविधान सभाको चुनाव हुन नदिने, नेपाली कांग्रेसभित्र विभाजन ल्याउने आदि कार्य हुन थाले। यी सबैको विरोधमा नेपाली कांग्रेसको एक सचेत समूह सजगताका साथ अघि आयो। सरोजप्रसाद त्यही समूहको नेतृत्व तहमा हुनुहुन्थ्यो। 

नेपाली कांग्रेसले आफ्नो पाँचाँै महाधिवेशन २००८ को फागुन २० देखि २२ सम्म जनकपुरमा गर्ने निर्णय गरिसकेको थियो। पार्टीभित्रकै एउटा तìव महाधिवेशन नगराएर सङ्गठनमा बाधा दिन लागिरहेको थियो तर महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइरालासमेतको विशेष प्रयत्नले २००९ को जेठमा जनकपुरमा नेपाली कांग्रेसको पाँचाँै महाधिवेशन भयो। त्यही महाधिवेशनको अत्यधिक बहुमतले बीपीलाई नेपाली कांग्रेसको सभापतिमा छान्यो। 

चुनाव हुन नदिने राजा महेन्द्रको षड्यन्त्र र उनले खडा गरेको व्यवधानलाई परास्त गर्दै आमचुनाव गराउन बाध्य पार्ने स्थितिको सिर्जना गर्न र नेपाली कांग्रेसको सङ्गठन विस्तार गरेर, यसलाई दुईतिहाइ बहुमतको अवस्थामा पु-याउन सरोजप्रसादले महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरोजबाबु किसान र सबै वर्गको हितलाई ध्यान दिएर, त्यसैमा सधैँ क्रियाशील रहने एक लोकप्रिय नेता हुनुहुन्थ्यो। २०१५ को आमचुनावमा उहाँ महोत्तरी दक्षिण क्षेत्र नं. ४१ बाट अत्यधिक बहुमतले विजयी हुनुभयो। वस्तुस्थितिलाई राम्ररी बुझ्ने, समस्याको मर्मलाई राम्ररी चिन्ने र तिनीहरूको समाधानमा उचित ध्यान दिने उहाँ एक कुशल सांसदका रूपमा चिनिनुहुन्थ्यो। 

बीपी सरोजबाबुलाई एक भरपर्दो सहयोगीका रूपमा हेर्नुहुन्थ्यो। सातौँ महाधिवेशनपछि बीपीले सरोजलाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारी दिनुभएको थियो। २०१७ को पुस १ को घटनापछि उहाँलाई पक्राउ गर्न ठूलो प्रयत्न भयो तर काठमाडौँबाट पूर्वी पहाडैपहाड र भित्री मधेशको अनकन्टार भाग पार गरेर, कठोर भूमिगत रूपमा उहाँ पटना पुग्नुभयो। नेपाली कांग्रेसका सांसद र अरू धेरैलाई गिरफ्तारबाट जोगिएर भारतमा आउन उहाँले आग्रह गर्नुभएको थियो। नेपाली कांग्रेसका धेरै जिम्मेवार व्यक्तिहरू राजा महेन्द्रको निरङ्कुशताको विरोधमा सङ्घर्ष गर्न तत्पर भएर भारतमा आए। 

सुवर्ण शमशेरले २०१७ साल माघ १२ गते पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो। त्यो ऐतिहासिक सम्मेलनले राजा महेन्द्रको पुस १ को कदमलाई देश र जनताको हितलाई पछि घकेलेर निरङ्कुश शासन कायम गर्ने एक राष्ट्रघाती घटनाका रूपमा लियो र त्यसको विरोध ग¥यो। त्यो सम्मेलनले नेपालमा प्रजातन्त्र पुनस्र्थापना गर्न अविलम्ब सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त ग-यो र सङ्घर्षलाई सहयोग गर्न सबैलाई अपिल ग¥यो। त्यसले सम्पूर्ण कार्यसञ्चालनको जिम्मेवारी सुवर्ण शमशेरलाई सुम्प्यो। त्यही सम्मेलनले सुवर्ण शमशेरलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पनि दियो।  सरोजप्रसाद कोइरालाले जयनगरमा नेपाली कांग्रेसको सम्पर्क कार्यालय राख्नुभएको थियो। नेपालको मध्यपूर्वी भागका कार्यकर्तासित सम्पर्क स्थापित गरेर उहाँले प्रजातान्त्रिक सङ्घर्षलाई नेतृत्व प्रदान गरिरहनुभयो। उहाँ पार्टीको सङ्गठनलाई सधैँ जीवन्त राख्ने, कार्यकर्ताको मनस्थितिलाई मनन गर्ने, वस्तुस्थितिलाई समग्र रूपमा ध्यान दिएर त्यसअनुरूप कार्य अघि बढाउने एक कर्मठ नेता हुनुहुन्थ्यो। 

वि.सं. २०२५ को माफीपछि सरोजबाबु स्वदेश फर्कनुभयो। उहाँले तरुण विद्यार्थीका बीचमा समन्वय गर्ने र उनीहरूलाई क्रियाशील पार्ने कार्यलाई विशेष ध्यान दिनुभयो। त्यसैले स्वदेश फर्केपछि पनि उहाँले लामो समयसम्म वीरगञ्ज र काठमाडौँको जेलमा रहनुप¥यो। २०२९ को भदौमा काठमाडौँबाट रिहा भएर उहाँ जनकपुर जानुभयो। देशभर विद्यार्थी आन्दोलन सुरु भयो। त्यसमा सक्रियताका साथ लागेका किशोर विद्यार्थी कामेश्वर मण्डल र कुशेश्वर मण्डललाई जदुकोहामा निर्मम तवरले गोली हानेर हत्या गरियो। यो जघन्य हत्याको सरोजबाबुले कडा विरोध गर्नुभयो। उहाँलाई फेरि पक्राउ गर्न खोजियो। उहाँ भूमिगत रूपमा भारतमा जानुभयो र मधुवनीमा रहेर प्रजातान्त्रिक सङ्घर्षको तयारीमा लाग्नुभयो। 

त्यसबेला नेपालमा निरङ्कुशताको अर्को कठोर अध्याय प्रारम्भ भएको थियो। २०२८ को चैतमा काठमाडौँमा योगेन्द्रमान शेरचन तथा २०२९ को साउनमा मोरङमा दीवानसिंह राईको हत्या भयो। राजा महेन्द्रको शासनकालको हत्याकाण्डलाई फेरि दोहो¥याएर निर्वासनमा रहेका नेताहरूको हत्या गर्न पेसेवार हत्यारालाई प्रयोग गर्न थालियो। यही योजनामा जनकपुरका तत्कालीन अञ्चलाधीशले जेलमा रहेका केही पेसेवर अपराधीहरूसित गोप्य गठबन्धन गरेर, उनीहरूलाई निर्वासित नेताहरूको हत्या गर्ने सर्तमा जेलबाट रिहा गरे। उनीहरू भारतको मधुवनी पुगे। सरोजप्रसाद कोइराला रहने स्थानको विस्तृत जानकारी लिए। अञ्चलाधीशले पार्टीको कार्यकर्ताको नाममा उनको गोप्य कार्यमा प्रयोग गरेका केहीलाई बनावटी वारेन्ट जारी गरेर, उनीहरूलाई पनि मधुवनी पठाए। उनीहरूसमेतको सहयोगमा २०३० साल कात्तिक २ गते साँझ मधुवनीबाट बसमा सीतामडी जान लाग्दा तिनै आपराधिक समूहले साइलेन्सर जडान गरिएको पिस्तोलबाट सरोजप्रसाद कोइरालाको हत्या गरे। 

सरोजको हत्या – निरङ्कुशतासित कहिल्यै सम्झौता नगर्ने, सधैँ देश, जनता र प्रजातन्त्रप्रति सतत् समर्पित, जननायक बीपी कोइरालाको नीति, सिद्धान्त र कार्यप्रति निरन्तर लागिरहने एक नेताको हत्या थियो। आज उहाँको हत्याको पाँच दशकको एउटा लामो अवधि व्यतीत भइसकेको छ तर यो र यसअघिका यस्ता कुनै पनि हत्याको छानबिन भएको छैन। अमर शहीद सरोजप्रसाद कोइरालाले नेपाली जनताको अधिकार प्राप्ति र यो देशमा लोकतन्त्र स्थापनाको सङ्घर्षमा आफूसमेत आफ्ना यावत् कुराको बलिदान दिएर जानुभएको छ र प्रत्येक सङ्घर्षशील नेपालीका अगाडि प्रेरणा र मार्गदर्शनका मौलिक आदर्श आफ्नो रगतले लेखेर जानुभएको छ।