• १३ साउन २०८१, आइतबार

तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

blog

तेक्वान्दो च्याम्पियन पुलिस टोली । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक २ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबै भन्दा धेरै पदक जित्दै च्याम्पियन बनेको हो । 

प्रतियोगितामा पुलिसले ११ स्वर्ण, चार रजत र एक कांस्य पदक जितेको हो । दोस्रो भएको त्रिभुवन आर्मी क्लब सात स्वर्ण, आठ रजत र दुई कांस्य पदक जितेको छ । तीन स्वर्ण, दुई रजत र नौ कांस्य पदक जितेको एपीएफ क्लब तेस्रो भयो ।

यस्तै मधेश प्रदेशले एक स्वर्ण, दुई रजत र पाँच कांस्य, प्रदेश–१ ले आठ कांस्य, बागमतीले एक रजत र तीन कांस्य, गण्डकीले सात कांस्य, लुम्बिनीले दुई रजत र चार कांस्य, कर्णालीले तीन कांस्य, सुदूरपश्चिम र एनआरएनएले एक/एक रजत पदक जितेका छन् ।

असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न स्पर्धामागरी २१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।  निरोगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई २५ हजार र पाँच वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।