राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपियाँ प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा उम्मेदवार महरलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
निर्वाचन आयोगलले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई स्पष्टीकरण सोधेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याइएको बताएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला कैलाली, कञ्चनपुरमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले खेलाडीहरु राष्ट्रका गहना भएको बताउनुभएको छ । गृहमन्त्री खाणले खेलाडीको प्रोत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
रुपन्देहीमा तिहारका लागि मात्रै करिब ६० हजारभन्दा बढी माला आयात गरी सित भण्डारमा राखिएको छ । कोरोना महामारीले गत वर्ष कम माग भए पनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारमा ८० हजारभन्दा बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरुको अनुमान छ ।
तिहार नजिकिएसँगै फूल खेती गर्ने कृषकलाई फूल टिप्न र माला बनाउने चटारो छ।
नेपाली कांग्रेसका प्रभावसाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुराग खड्का आगामी मंसिर ४ गते निर्वाचनमा लमही नगरपालिकाका पूर्व मेयरसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । स्वर्गीय खड्काका पुत्र अनुराग पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस तर्फबाट लुम्बिनी प्रदेश सांसदको लागि दाङको निर्वाचन क्षेत्र नं १ (ख) बाट उम्मेदवार बन्नुभएको हो ।
नेकपा (एमाले) दोलखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचनलक्षित कार्यक्रमलाई वडादेखि जिल्ला तहसम्म तिब्रता दिएको एमाले दोलखाले जनाएको छ ।
काठमाडौं क्षेत्र नं ४ मा सङ्घीय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सञ्चारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले अन्ततः नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतमा रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिटमा सुनुवाइ जारी रहेको छ ।
सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्ताहरूसमक्ष आग्रह गर्नुभएको छ ।
अटोबाट खस्दा बाजुरामा एक जनाको मृत्यु भएको छ । साँफे– मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका–२ बजेडीका ४० वर्षीय मोति विकको मृत्यु भएको हो ।