• ४ जेठ २०८१, शुक्रबार

खेलाडी राष्ट्रका गहना : गृहमन्त्री खाण

blog

नेकपा एकीकृत समाजवादीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको कार्यक्रममा मन्त्री बालकृष्ण खाण । तस्बिर : श्यामशङ्कर पाण्डे

श्यामशङ्कर पाण्डे
लुम्बिनी, कात्तिक ४ गते ।
गृहमन्त्री बालकृष्ण खाणले खेलाडीहरु राष्ट्रका गहना भएको बताउनुभएको छ । गृहमन्त्री खाणले खेलाडीको प्रोत्साहन र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रहनुुभएका उहाँले खेलले व्यक्तिलाई अनुुशासित र स्वास्थ्य बनाउने मात्र नभै देशलाई चिनाउने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ । पाँचदलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।,’’ नेकपा एकीकृत समाजवादीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको कार्यक्रममा मन्त्री खाणले भन्नुभयो ।


निर्वाचनपछि पनि पाँचदलीय गठबन्धनको सरकार बन्ने दाबी गर्नुहुँदै उहाँले त्यसबेला खेलकुदमन्त्री खेल क्षेत्र बुुझेको, खेल र खेलाडीलाई माया गर्ने व्यक्तिलाई मन्त्री बनाउन आफूले अधिकतम प्रयास गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

‘‘पाँचदलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ,’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचनपछि पनि पाँचदलीय गठबन्दनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुुझेका व्यक्तिहरुसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउला ।’’