पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।
आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।
पोखरा, कात्तिक ४ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो। उहाँले आगामी निर्वाचनमा जनतालाई देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जनकारी दिनुपर्ने बताउनुभयो। गठबन्धन एक हुँदा प्रतिपक्ष दलले माओवादी र कांग्रेसको विषयमा विरोधी कुरा ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी भएको दाबी गर्नुभयो। मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘‘हामी निरङ्कुशताविरुद्ध लडेका थियौँ। बीचमा सामान्य अवस्थामा देश गयो। यो मुलुकमा परिवर्तन गर्ने दुई शक्ति एउटा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अर्को वामपन्थी शक्ति हो। जसको मुलधारमा अहिले आएर माओवादी र एकीकृत समाजवादी आएको छ। यो संयुक्त प्रयत्नले मुलुकमा परिवर्तन ल्याएको छ र अहिलेको संविधानमाथिको निर्ममतापूर्वक अतिक्रमण भएको छ, प्रतिगमन भएको छ, त्योविरुद्ध हामी एक ठाउँमा रहनु हाम्रो स्वाभाविक प्रक्रिया हो।’’मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक भएको बताउनुभयो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
पोखरा, कात्तिक ४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने सङ्कल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताउनुभयो। वरिष्ठ नेता पौडेलले आफ्नो पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न सबैलाई निर्देशन दिनुभएको हो। उहाँले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताउनुभयो वरिष्ठ नेता पौडेलले गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवालाई स्वरोजगार बनाउने र विदेशमा गएर भौतारिनुपर्ने बाध्यताबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेता पौडेलले, ‘‘अहिलेको निर्वाचनमा एक भएर अघि बढेका छौँ। आफ्ना पार्टीका सिद्धान्त, झण्डा सबैथोक छन्। तर, हामी एउटा साझा मुद्दामा एक भएका छौँ। हामीले हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडासम्ममा सबैले समाजवादी सङ्गठन बनेर कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ, कसरी सफल पार्न सकिन्छ, कसरी लोकतन्त्र बचाउन सकिन्छ भन्ने कुरालाई मनमा राखेर, अरु कुरा बिर्सेर, महान् लक्ष्य राखेर एकता र समझदारी समझदारी बनाउनुस्।’’ उहाँले गठबन्धनले जित्ने कुरा ठूलो नभइ प्रतिगमनलाई रोक्ने कुरा नै ठूलो भएको जिकिर गर्नुभयो। उहाँले नेता तथा कार्यकर्तालाई कांग्रेस र कम्युनिष्ट किन मिलेर गठबन्धन गरे भन्ने कुरा बुझाउनसमेत निर्देशन दिनुभएको छ।‘‘प्रतिगामीलाई रोक्ने हाम्रो उद्देश्य हो। हामी जित्नुभन्दा पनि प्रतिगामीलाई रोक्नु ठूलो कुरा हो। अहिले राष्ट्रमाथि ठूलो चुनौती आएको छ। प्रतिगमनलाई परास्त गर्छौं भन्ने सङ्कल्प लिएर चुनावमा जानुस्, जनताको बीचमा जानुस्, जनतालाई सही कुरा बुझाउनुस्, कम्युनिष्ट र कांग्रेस किन मिले बुझाउनुस्’’, नेता पौडेलले भन्नुभयो।वरिष्ठ नेता पौडेलले सबै गठबन्धनका दल र नेता, कार्यकर्ताले अतीतलाई बिर्सिएर भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपियाँ प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा उम्मेदवार महरलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
निर्वाचन आयोगलले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई स्पष्टीकरण सोधेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याइएको बताएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला कैलाली, कञ्चनपुरमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले खेलाडीहरु राष्ट्रका गहना भएको बताउनुभएको छ । गृहमन्त्री खाणले खेलाडीको प्रोत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
रुपन्देहीमा तिहारका लागि मात्रै करिब ६० हजारभन्दा बढी माला आयात गरी सित भण्डारमा राखिएको छ । कोरोना महामारीले गत वर्ष कम माग भए पनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारमा ८० हजारभन्दा बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरुको अनुमान छ ।
तिहार नजिकिएसँगै फूल खेती गर्ने कृषकलाई फूल टिप्न र माला बनाउने चटारो छ।
नेपाली कांग्रेसका प्रभावसाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुराग खड्का आगामी मंसिर ४ गते निर्वाचनमा लमही नगरपालिकाका पूर्व मेयरसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । स्वर्गीय खड्काका पुत्र अनुराग पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस तर्फबाट लुम्बिनी प्रदेश सांसदको लागि दाङको निर्वाचन क्षेत्र नं १ (ख) बाट उम्मेदवार बन्नुभएको हो ।
नेकपा (एमाले) दोलखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचनलक्षित कार्यक्रमलाई वडादेखि जिल्ला तहसम्म तिब्रता दिएको एमाले दोलखाले जनाएको छ ।