• १६ भदौ २०८१, आइतबार

पूर्व प्रधानमन्त्री खानले चुनावमा भाग लिन नपाउने

blog

इस्लामाबाद, कात्तिक ४ गते । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

यो निर्णय राजनीतिक झगडामा अर्को मोड हो जुन खानको अप्रिल अपदस्थ हुनुअघि सुरु भयो, र यो पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले लडिरहेका धेरै कानुनी लडाइँहरूमध्ये एक भएको उहाँको वकिलले जानकारी दिएको छ ।

सत्तामा रहँदा उहाँले अनावश्यक रूपमा उपहार लिएको देशको निर्वाचन आयोगले  फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको उहाँको वकिल गोहर खानले जानकारी दिएका हुन । 

ईसीपी (पाकिस्तानको निर्वाचन आयोग) ले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ,’ गोहरले भने,’हामी यसलाई अहिले इस्लामावाद उच्च अदालतमा  चुनौती दिनेछौँ’ गोहरले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्छ, तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइएको छ । रासस/एएफप