प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ।
मनाङ जाने क्रममा मनाङ र लमजुङको सिमानामा अवस्थित अक्टुपस झरना पुगेका क्रसफायर राइडर
नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ।
लीलाराज झापालीविर्तामोड, कार्तिक २० गते। कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले ३५ दिने सूचना निकालेर कनकाई नगरपालिका -३ सुरुङ्गा बजार क्षेत्रमा लामो समयदेखि बाटोको साइटमा बनेका घर डोजर लगाएर भत्काइएको हो। नगरपालिकाले दुई वर्षसम्म हटाउन ताकेता गर्दा पनि नहटाएपछि आफूहरूले बाध्य भएर डोजर लगाएर घर भत्काउनु परेको प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो।घर भत्काउँदा घरमा रहेका बैङ्क तथा व्यावसायिक पसल र बैङ्कको एटिएम मेसिनलाई समेत खाली गर्न लगाएर घर भत्काइएको थियो। यो अभियान बाटोमा बनेका सबै अवैध संरचना नहटुन्जेलसम्म जारी रहने नगरप्रमुख पोखरेलले बताउनुभयो। यसअगाडि सडकमा परेका घर भत्काउन नगरपालिकाले सूचना जारी गरेपनि घरधनी अदालतमा गएपछि केही दिन काममा ढिलाइ भएको नगरपालिकाको भनाइ छ। सडकमा पर्ने घर नहटाउँदा सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने २४ किलोमिटर सडक कालोपत्रेको काम समेत अलपत्र परेको थियो। निर्वाचनको मुखमा लोकप्रियता हासिल गर्न सडक छेउको घर भत्काइएको भन्दै घरधनी र पसल व्यवसायीले विरोध गरेका छन्। यता निर्वाचन कार्यालयले निर्वाचनको काम गर्ने र नगरपालिकाले आफ्नो काम नियमित गर्ने भन्दै नगरप्रमुख पोखरेलले भने निर्वाचन र घर भत्किनुमा कुनै सम्बन्ध नरहेको बताउनुभयो छ। नगरपालिकाले घर भत्काउँदा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
काठमाडौं, कात्तिक २० गते । काठमाडौंमा दुई दिनसम्म विज्ञान प्रदर्शन भएको छ । बानेश्वरस्थित बानेश्वर बैंकेटमा दुई दिनसम्म चलेको स्टार्टअप एण्ड स्टिम आइडिया फिस्ट सम्पन्न भएको हो । प्रदर्शनीमा विद्यार्थीहरू द्वारा निर्मित विभिन्न उपकरण तथा प्रविधिको अवलोकन गर्न मिल्ने गरी राखिएको थियो । तस्बिर M सागर बस्नेत
प्रधानसेनापति प्रभुराम शर्माले रुपन्देही, कैलाली, दाङमा रहेका गणको निरीक्षण भ्रमण गर्नुभएको छ।
कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमा सदुपयोग गर्ने गरी वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशले प्रदेशको संकलल्पपत्र आइतबार सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १० बुँदे मधेश प्रदेश संकल्पपत्र सार्वजनिक गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताउनुभएको छ । केही राजनीतिक दलका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो भन्दै झुट्टा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदीमा पक्की पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । गृह जिल्ला डडेल्धुराको लालढुङ्गस्थित जोगबुडा रङ्गशालामा आइतबार आयोजित चुनावीसभामा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना जीवितै राखेको छ।
विद्यापति पुरस्कार कोषले २०७९ मा प्रदान गरिने मैथिली भाषाको विभिन्न चार विधाको पुरस्कार घोषणा गरेको छ । कोषका सदस्य सचिव रुद्रकुमार झाले आइतबार विज्ञप्तिमार्फत पुरस्कारबारे जानकारी गराउनुभएको हो ।
‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका–दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकराबको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
आगामी मङ्सिर ४ मा हुन गइरहेको आसन्न निर्वाचनमा आचारसंहिताको पालना भए नभएको बारेमा निर्वाचन आयोगले सूक्ष्म अनुगमन गरिरहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभएको छ ।