• १५ असोज २०८१, मङ्गलबार

प्रधानसेनापति शर्माद्वारा विभिन्न गणको निरीक्षण

blog

काठमाडौं, कात्तिक २० गते। प्रधानसेनापति प्रभुराम शर्माले रुपन्देही, कैलाली, दाङमा रहेका गणको निरीक्षण भ्रमण गर्नुभएको छ।

निरीक्षण भ्रमणका क्रममा उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना साथै गणको वस्तुस्थितिबारे जानकारी लिनुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निरीक्षण भ्रमणमा प्रधान सेनापति शर्माले गणका सकल दर्जालाई सम्बोधन गर्नुभएको छ। 

भ्रमणका क्रममा उहाँले लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपककुमार काफ्ले तथा रुपन्देही जिल्लाका सुरक्षा निकायका प्रमुखसँग अन्तरक्रियासमेत गर्नुभएको छ।