शरीरको स्नायु प्रणालीबाट क्वान्टम चेतना जब आफ्नो स्थान छोड्न थाल्छ अनि मृत्यु जस्तो अनुभव हुन्छ। यस सिद्धान्त वा निष्कर्षको आधार के हो भने मस्तिष्कको क्वान्टम कम्प्युटरमा चेतनाले एक प्रोग्रामसरह काम गर्दछ। ‘बायोसेन्ट्रिज्म ः हाउ लाइफ एन्ड कन्सियोसनेस आर द किज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स’ नामको पुस्तकमा क्वान्टम सिद्धान्त र मृत्युका बारेमा उल्लेख गरेर सनसनी मच्याएको छ। मृत्युपछि पनि जीवनी समाप्त नहुने र त्यसको एक रूप कहीँ कतै सदाका लागि जीवित नै रहने कुरा यस पुस्तकमा उल्लेख छ । यो पुस्तक क्वान्टम सिद्धान्तको जानकार वैज्ञानिक डा. रोबर्ट लेन्जद्वारा लेखिएको हो।
रातको निक्र्याैलअनुसार नै मैले उनीहरूलाई भनेको थिएँ– “म अब जोनलाई हेर्न छोड्छु ।” “किन ?” “यसै ।” “यसै भन्ने पनि हुन्छ ? केही त कारण होला, आवर्ली कम भयो वा यस्तै ।”
लक्ष्मीप्रसाद देवकोटा खुला झ्यालनेर बस्न मन पराउँथे । त्यहाँबाट ‘नीलो पहाडी पर्खालले परिवेष्ठित पूर्वपट्टिको दृश्य’ देख्न सकिन्थ्यो र मौसम राम्रो रहेका दिनहरूमा त दूरवर्ती हिमशिखरहरूको लहर पनि टड्कारै देखिन्थ्यो । यस्तो दृश्यावलोकनबाट आँखामा पट्याइ लागेको विचारशून्य क्षणमा उनी ‘आफ्ना सहकर्मी लेखकहरूको चेहराको’ अध्ययन गर्ने गर्दथे । उनको नजिकै संस्कृतका पण्डितहरू शम्भुप्रसाद ज्ञवाली ब
निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झन्डा पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको लोकतान्त्रिक–वाम गठबन्धनले बुधबार चितवन निर्वाचन क्षेत्र नं. ३ को साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी जारी गरिएको प्रतिबद्धतापत्रमा विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। कांग्रेस र माओवादी केन्द्रले केन्द्रमा जारी गरेको प्रतिबद्धतापत्रको झझल्को दिने विकासे अभियानलाई प्रतिबद्धतापत्रमा प्राथमिकतामा राख्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन भनिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।
तिहार सकिएलगत्तै टीकापुर पार्कमा पर्यटकको घुइँचो लागेको छ । शनिबार छ हजार पर्यटक टीकापुर पार्क प्रवेश गरेका छन् । पार्कमा कञ्चनपुर, सुर्खेत, दाङ, बाँके, बर्दियाबाट पर्यटक आएका छन् भने तिहारपछिको रमाइलो गर्न टीकापुर र आसपासका मानिस पनि आएका छन् ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावी गतिविधि बढ्दै गएका छन्। मतदातालाई आश्वासन बाँड्दै आउने निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि उम्मेदवारहरू सक्रिय रूपमा लागिपरेका छन्।
नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष केन्द्र अतिक्रमणको चपेटामा परेको छ। बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको सिकार आरक्षको १७५ हेक्टर जमिन अतिक्रमण भएको हो। आरक्ष केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा भएको करिब १० हेक्टर अतिक्रमित भूभाग खाली गराएको थियो। उक्त क्षेत्रमा म्याग्दीका स्थानीयवासीले अस्थायी टहरा निर्माण गरी मौसमी बसाइ गर्दै आएका थिए।
चाडपर्वमा लाग्ने मेलाले अव्यवस्थित बन्ने गरेको जनकपुरधाम उपमहानगरपालिका सफा र व्यवस्थित बनाउन लागिएको छ। दशैँ, तिहार र छठ नसकिँदासम्म जनकपुरधामका सडकपेटीमा फुटपाथ बजार राख्ने गरिएको थियो। यस्तो बजार राख्दा चारैतर्फ फोहोर बढेको थियो र बजारका मुख्य सडक अस्तव्यस्त भएका थिए। चाडपर्व सकिएपछि सरसफाइ र बजार व्यवस्थित बनाउन लागिएको हो।
लेखक कपिल लोहनीको दोस्रो कृति ‘विविध आयाम’ लोकर्पण भएको छ। नेपाल सांस्कृतिक केन्द्र, कालिकास्थान, काठमाडौँमा लेखक, कवि, साहित्यकार एवं राजनीतिक तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा पुस्तक लोकर्पण गरिएको हो। विकास, वातावरण, समाज र संस्कृतिका बारेमा लेखिएका २० वटा आलेख रहेको पुस्तकमा यो क्षेत्रमा विगतमा भएका कामका साथै खासगरी २००७ सालपछि नेपालले कुन–कुन क्षेत्रमा कस्तो प्रगति हासिल ग¥यो र के कस्ता क्षेत्रमा नेपाल अभैm पनि पछि परेको छ तथा नेपालले समग्र विकासका निम्ति के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने कुरा सरल भाषामा प्रस्तुत गरिएको छ।
हिमालपारिको गाउँ नाम्खा गाउँपालिका–६, लिमीका युवती परम्परागत पहिरनको संरक्षणमा लागेका छन्। यहाँका आधुनिक युवतीहरू तीन सय वर्ष पुरानो पहिरनको संरक्षण गर्न लागिपरेका हुन्। लिमीमा जन्मिएर सानैबाट काठमाडौँमा हुर्कनुभएकी हल्जी गाउँकी कार्साङ तामाङले लिमीको ऐतिहासिक महत्व बोकेको पहिरन संरक्षण गर्न परम्परागत पहिरन लगाउने गरेको बताउनुभयो।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा दलहरूको तयारी तीव्र हुँदै गएको छ। यसैक्रममा राजनीतिक दलले मतदातालाई आफ्नो पक्षमा पार्न घोषणापत्र जारी गर्न थालेका छन्। सबैजसो राजनीतिक दलले घोषणापत्रमा मुलुकमा शान्ति, समृद्धि, विकास र जनताले भोग्नुपरेका समस्या समाधानलाई प्राथमिकता दिएका छन्। नेपाली कांग्रेसले गत शनिबार आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरिसकेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्गलबार घोषणापत्र जारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल समाजवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलले पनि आफ्नो प्रतिबद्धता सार्वजनिक गरी चुनावी मैदानमा गएका छन्।