काठमाडौं, साउन २३ गते । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तिज गीत 'भाउ बढ्यो' सार्वजनिक भएको छ ।दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना 'गुरुआमा'ले गाउनुभएको गीतमा सुमन ढकालको शब्द सृर्जना छ भने गायक सापकोटाकै लय रहेको छ । गीतमा विश्वास नेपालको संगित संयोजन छ । मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ ।गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गर्नुभएको हो ।
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको ढाँचासहित सुझाव दिन गठित सत्तारुढ पाँच दलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।
इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।
डेब्यु खेलमै युवा स्टार एर्लिङ हालान्ड चम्किएपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा सिटीले आइतबार राति वेस्ट हाम युनाइटेडलाई २-० गोलले हरायो ।
झापामा छुट्टाछुट्टै भएका दुई वटा दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । एकजना मोटरसाइकलबाट झर्ने क्रममा र अर्को एक जनाको साइकलबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
साउन महिनाको चौथो सोमबारको बोलबम भक्तजनहरुले सुन्दरीजलमा महास्नान सम्पन्न गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएसँगे आयोजनाको कामले गतिलिएको छ ।
साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ । समालोचनामा नारीवादी चिन्तनको प्रवेश पश्चात्य समालोचक र ज्ञाननिर्माण प्रक्रियाको प्रतिफल हो भन्ने आधार यिनको छ । पूर्वीय वाङ्मयका कालजयी रचना वेदका मन्त्र रचनामा नारीको योगदान रहेकाले वैदिक सूक्तकाल समतामा आधारित थियो भन्ने ठहर यिनको छ । कृष्ण गौतम, गोविन्दराज भट्टराई, कमला भासिन, वीणा पौड्याललगायतका मान्यतालाई यिनले नारीवादी दृष्टि निर्माणको
धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा सोमबार बिहान रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएको छ । बसमा सवार १५ जनालाई सामान्य चोटपटक लागेका प्रहरीले जनाएको छ ।
नेपालमा अहिले कुखुराको मासुको मूल्य एकोहोरो घटिरहेको छ । भारतवाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा नेपाली कुखुराको माग घटेको र जसले मूल्यमा गिरावट आएको हो । ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैध रूपमा आयात भइरहेको बताउनुहुन्छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भिœयाउने क्रम बढ्दो रहेको पनि उहाँले जनाउनुभयो । “४५० रुपियाँ किलोसम्म पुगेको कुखुराको मासु अहिले तीन सय रुपियाँबाट पनि तल झरेको छ,” पोख्रेलले भन्नुभयो, “कुखुराको मासुको मूल्य यसरी घट्नुमा भारतीय कुखुराको मासु छ्यापछ्याप्ती भेटिनु हो ।”