कृषि विभागले साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको जनाएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको प्रतिवेदनमा साउन १६ देखि २३ गतेसम्मको अवधिमा करिब ९५ प्रतिशत धानको रोपाइ सम्पन्न भएको हो ।
गोरखापत्र अनलाइनकाठमाडौं, साउन २३ गते । नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग गरिएकोमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहले सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।‘विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरुप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने र त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।
जिल्ला भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले एक आर्थिक वर्षमा एक करोड ९९ लाख रुपियाँ राजस्व संकलन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलिले जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँ बराबरको सामान भन्सार दाखिला गरेकोमा एक करोड ९९ लाख राजस्व असुली भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चारजना सैनिकको ज्यान गएको छ । यहाँका चारजना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।
भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।
ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताउनुभयो ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ धारापानीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार बिहान एक्कासी बिद्युतको तारमा हाईभोल्टेज प्रवाह हुँदा ५० वर्षीय सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जब वर्षायाम शुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।
बागलुङ नगरपालिका–१ खनियाघाटस्थित माझी वस्ती लक्षित खानेपानी आयोजनाको काम सम्पन्न भएको दुई वर्ष पुग्यो । ‘एक घर एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रविधिमार्फत खानेपानी जडान गर्न वस्तीका २२ वटा घरमा धारा जडान भए पनि पानी आएको छैन ।
समुन्द्र सतहबाट चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको नौ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको हो । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४२ पुगेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारीकाे सोमबार बसेको बैठकमा आगामी निर्वाचन सम्बन्धमा छलफल भएको छ ।