आयोजक इङ्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली इङल्यान्डले स्वीडेनलाई ४–० गोलले हरायो ।
काठमाडौं, साउन ११ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो। बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो। काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुरलगायत मुख्य सहरमा विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ। विरोध प्रदर्शनपछि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी अध्यक्ष एवं राप्रपा नेत्री अञ्जना रावलले मागको सम्बन्धमा सरकारले कुनै चासो नदेखाएपछि दोस्रो चरणको आन्दोलन बुधबारबाट सुरु गरेको बताउनुभयो। राप्रपाले पछिल्लो समय महँगी र भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ। राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ।
कपिल ज्ञवाली सिद्धार्थनगर, साउन ११ गते । अवैधरूपमा सञ्चालित कल सेन्टरको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान गर्न ब्यूरो (सीआईबी) को टोली रूपन्देही आइपुगेको छ ।तिलोत्तमा २ जानकीनगरस्थित ब्लू स्काई सोलुसन प्रालिको कल सेन्टरमा रूपन्देही प्रहरीले साउन ८ गते आइतवार छापा हानको थियो । नौजना संचालकलाइ नियन्त्रणमा लिए पनि अहिले भने दुईजनालाई हिरासतमा राखेर प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको हो ।कल सेन्टरमा त्यहाँ भइरहेका गतिविधि यसका प्रभावका बारेमा सूक्ष्म अध्ययन अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले बताउनुभयो ।केसीले भन्नुभयो, ‘‘अहिले दुई जनालाई हामीले इलाकामा राखेका छौं, साइबर ब्युरोकोको टोलीले अनुसान्धान गरिरहेको छ, अब अनुसन्धानका आधारमा कुन मुद्दा आर्कषित हुन्छ, सोहि अनुसार कारबाही गरिने छ ।’’सूचना प्रविधिसम्बन्धी विज्ञ प्रहरी अधिकृतसहितको दुईजनाको टोलीले मंगलवारबाट अनुसन्धान थालेको हो । कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीले बताएको छ । यहाँ दैनिक एक करोड बराबरको कारोबार हुने गरेको पाइएको छ । मंगलवारदेखि सीआईबीको टोलीले बरामद गरिएका कम्प्युटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएका एप्सहरूबारे अनुसन्धान थालेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । साइबरसम्बन्धी जनशक्ति नहुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानका लागि सीआईबीबाट टोली मगाएको थियो । प्रहरी नायव उपरिक्षक (डिएसपी) ठगबहादुर केसीका अनुसार ठगी कसूरमा मुख्य अभियुक्तका रूपमा भारतको बिहारका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका–१३ का ४० वर्षीय हिमाल बाठामगरलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले साउन ८ गते दिनमा ९ जना संचालक र २१५ जना कामदारलाई नियन्त्रणमा लिएको थियो ।बैंकिङ एप्समार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधारणलाई पीडित बनाएको आरोप लगाइएको छ । तिलोत्तमा–२ जानकीनगर रुरुपथस्थित प्रेमराज गुरुङको घरमा कल सेन्टरले मासिक ३ लाख २५ हजार रुपैयाँ तिरेर घर भाडामा लिएको थियो । तिलोत्तमाको कल सेन्टर र काठमाडौंको कल सेन्टरबीच सम्बन्ध रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बुटवल आएको सीआईबीले काठमाडौंसहित देशका मुख्य शहरमा पनि कल सेन्टर सञ्चालन भएको हुनसक्ने आशंकासहित अनुसन्धान अघि बढाएको बताएको छ । आइतबार प्रहरीले त्यहाँ काम गर्ने १५० जना किशोर किशोरीलाई पक्राउ गरेको थियो । सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गने, मानिसलाई धम्क्याउने लगायतका गतिविधि हुने गर्दथे ।यहाँ १६ देखि २२ वर्ष उमेर समूहका किशोर किशोरीको प्रयोग गरेर चाइनिज सफ्टवेयरको प्रयोग मार्फत् गैरकानुनी काम हुने गरेको थियो ।
दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्र्तगत सो घुम्ती सेवा प्रदान गरिएको हो ।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्य राष्ट्र १०८ पुगेको छ । इङ्ल्यान्डको् बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभाले तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेसँगै आईसीसीमा आवद्ध राष्ट्र १०८ पुगेको हो ।
संसारभरिको माटोमा भएको उर्वराशक्तिमा ह्रास आएको भन्दै बचाउन ‘माटो जोगाऔं’ अभियान लिएर देश दौडाहा कार्यक्रम सुरु भएको छ । गत जेठ महिनाको ३० गते काठमाडौंबाट सुरु भएको अभियान लिएर यसमा सहभागी युवाहरु म्याग्दीको सदरमुकाम बेनी आइपुगेका छन् ।
सुर्खेतमा बसमाथि ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट वीरेन्द्रनगर आउँदैगरेको ना ७ ख ५८११ नम्बरको बसमा खसेको ढुङ्गा लागेर दैलेखको भवगतिमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको हो ।
सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन्।
वि.सं. १९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल, नेपालगञ्जले बिहीबार स्थापनाको १३२ औं स्थापना दिवस मनाइरहँदा पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा विकास गर्न सफल भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गनु नसकिने बताउनुभएको छ ।
नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्थानीय तह निर्वाचनको समीक्षाका लागि गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी बिषयमा छलफल गर्न उहाँ गृह जिल्ला आउनुभएको सो दलका नेताले बताउनुभएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामबहादुर थापा रहेका छन् ।
कृषि विकास कार्यालय मुगुका तात्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढामाथि २३ लाखभन्दा बढीको भ्रष्टाचार आरोप लागेको छ।