• २२ असार २०८१, शनिबार

सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना बाहिर : अध्यक्ष नेपाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ११ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गनु नसकिने बताउनुभएको छ । 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बुधबार यहाँ बोल्दै पूर्व प्रधानमन्त्री नेपालले कुनैपनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्न नहुने बताउनुभयो । नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई दुढ बस्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राख्नुभयो । नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नसकिने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘देश रक्षाकानिम्ति एकतावद्ध भएर अगाडी बढौँ । हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठिक हो ।’ 

“नेपालले आर्थिक सहयोग लिँदा अनुचित शर्तमा पनि सही गर्नेगरेको कुरा सुन्नमा आउँछ” अध्यक्ष नेपालले थप्नुभयो, “अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग लिने कुरा विल्कुल गलत हो, त्यसो गरिनु हुँदैन ।”