• २२ असार २०८१, शनिबार

बसमाथि ढुङ्गा खस्दा एक जनाको मृत्यु

blog

फाइल तस्विर

मुना हमाल

सुर्खेत, साउन ११ गते । सुर्खेतमा बसमाथि ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट वीरेन्द्रनगर आउँदैगरेको ना ७ ख ५८११ नम्बरको बसमा खसेको ढुङ्गा लागेर दैलेखको भवगतिमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएकी शाहीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा आज मृत्यु भएको हो । दिउँसो १ बजे भेरीगंगा नगरपालिका २ पैसठ्ठीमा बसमाथि ढुङ्गा खसेको प्रहरीले जनाएको छ ।  

यस्तै, बसमाथि ढुङ्गा खस्दा वीरेन्द्रनगर –६ का ४५ वर्षीय राजकुमारी सुनार सामान्य घाइते हुनु भएको छ ।