झापाको कनकाई नगरपालिका ४ स्थित धृतकौशिक गोत्रिय प्रतिष्ठानमा रहनुभएकी एक महिलामाथि कुटपिट गरेर ‘जंगी बाबा’ भनिने योग गुरु फरार भएका छन् ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।
नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्य सावित्री कुमारी शर्माले गोरखापत्र संस्थानमा राखिएका ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।
नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम करिब १० करोड रुपियाँ पुगेको छ ।
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।
उपाधि दाबेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।
नेपाल दृष्टिविहीन उत्थान सङ्घ सैनामैना रुपन्देहीको आयोजना र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा रुपन्देहीको गैडहवा गाउँपालिकामा सिबिआर कार्यक्रमअन्तर्गत बिउपुँजी वितरण गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आंशिक रूपमा जग्गाको कित्ताकाट सुरु गरेको छ । राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरू, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुन लागेको हो ।
सत्तारुढ दलको सिंहदरबारमा भएको छलफलमा नीति तथा कार्यक्रमको प्राथमिकताका विषयमा छलफल भएको छ।
बुधबार बस्ने भनिएको सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार अपराह्न ६ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको बैठक जेठ ५ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको माथागढी–३, अगहनी बस्ने १५ वर्षीय योगेश सुनारीको पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भएको हो ।