• १२ साउन २०८१, शनिबार

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

blog

काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

ज्ञानेन्द्र आरणसमेतको रिटमा मङ्गलबार सुनुवाइ गर्नुहुँदै न्यायाधीश रेग्मीले सरकारले जारी गरेको कार्यविधि तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको हो ।

न्यायाधीश रेग्मीले कारण देखाऊ आदेश पनि जारी गर्नुभएको छ भने यही जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्नुभएको छ ।