• ८ जेठ २०८१, मङ्गलबार

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

blog

रेखीराम राना

पाल्पा, जेठ २ गते । पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको माथागढी–३, अगहनी बस्ने १५ वर्षीय योगेश सुनारीको पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भएको हो । 

दमकडा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनारी सोमबार साँझ ६ बजेतिर साथीहरूसँगै तानसेन–९, र माथागढी–३, को सिमाना पर्ने तिनाउ नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर गम्भीर भएका सुनारीलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइएको थियो । सुनारीको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पछिल्लो समय पाल्पामा पौडी खेल्ने क्रममा मृत्यु हुनेमा सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पौडी खेलेर मृत्यु हुने घटना पाल्पामा दिनहुँजसो हुने गरेको थापाले बताउनुभयो ।