• १२ साउन २०८१, शनिबार

सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रमको प्राथमिकतामा छलफल

blog

मंगलबार सिंहदरबारमा बसेको सरकार समर्थित दश दलको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, जेठ २ गते। सत्तारुढ दलको सिंहदरबारमा भएको छलफलमा नीति तथा कार्यक्रमको प्राथमिकताका विषयमा छलफल भएको छ। 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले ल्याउन यो आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ल्याउने विषयमा गठबन्धनमा रहेका दलका नेतासँग सुझाव सङ्कलन भएको जानकारी दिनुभयो। पाण्डेले भन्नुभयो, “माननीय अर्थमन्त्री ज्युले सबैलाई सुझाव लिन बोलाउनुभएको रहेछ। यही विषयमा कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्यौँ।”

सरकारको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताबारे सांसदले सदनमा यसअघि सुझाव सङ्कलन भएको अवस्थामा दलका नेताबाट पनि समावेश गर्नुपर्ने सुझाव लिइएको उहाँको भनाइ छ। 

 

उहाँले भन्नुभयो, “संसदबाट सिद्धान्त र प्राथमिकताका बारेमा हामी सबैले सिद्धान्त र प्राथमिकताका बारेमा सुझाव दिएका थियौँ । पार्टीका नेताका तर्फबाट पनि केही विषयवस्तु समावेश गर्नुपर्ने भए सुझाव दिने भन्ने कुरा भएको छ । समयको चाप छ, बाँकी रह्यो भने अझै लिखित सुझाव दिनुहोला भन्ने कुरा भएको छ  ।”

उहाँले देशको अहिले वर्तमान अवस्थामा कृषि, पर्यटनमा रोजगारी सिर्जनाको क्षेत्रमा जोड दिएर देशबाट पलायन भएका प्रतिभा, युवा जनशक्तिको विषयमा मध्यनजर गर्दै शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा मुख्य छलफल भएको बताउनुभयो।