असोज १२ गतेदेखि दर्ता तथा अद्यावधिक सुरु भएको दाङमा कात्तिकको १७ गते सोमवारसम्म एक हजार तीन सय चार जना नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
सडक बालबालिका भेटिए वा अभिभावकविहीन बालबालिकालाई आश्रय दिनु परेमा सबैले ‘अमोर सेवा नेपाल’ लाई सम्झिने गर्छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, कटुन्जेमा रहेको ‘अमोर सेवा नेपाल’ पछिल्ला दिनमा अभिभावकविहीन र सडक बालबालिकाको आश्रयस्थल बन्दै गएको छ । स्याङ्जा जिल्लालाई सडक बालबालिकामुक्त बनाउने अभियानको नेतृत्व गरेको सो संस्थाले बालबालिकालाई आश्रयसँगै शिक्षासमेत दिँदै आएको छ ।
शारीरिक तथा मानसिक स्वास्थ्योपचारका लागि सदरमुकाम बेनीदेखि नजिकको गन्तव्य बनेको तातोपानी कुण्डमा पछिल्लो डेढ वर्षदेखि धार्मिक आस्थाको समेत केन्द्र बनेको छ ।
यसपालि मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
बागमती प्रदेश सभा गत साउनदेखि निष्क्रिय अवस्थामा छ । यसअघि प्रदेश सभाको अन्तिम बैठक साउन २७ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रयोज
छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । हुलाकी सडक आयोजना नेपालगन्जले ठेकेदारको लापर्बाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् ।
दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून स्वास्थ्यकर्मीबिच पनि जिल्ला अस्पताल हुम्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना
जाजरकोटमा दुई वर्षअघि कात्तिक १७ गते आएको भूकम्पले १५४ जनाको ज्यान गएको थियो । यो अवधिमा घरबारविहीन भएका पीडित हालसम्म जस्ताको टहरोमै बस्न बाध्य भएका छन् । जा
रौतहट, कात्तिक १८ गते । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ ।कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो ।जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उहाँले बताउनुभयो। बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उहाँले जानकारी दिनुभयो।जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ ।जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएकोे छ।यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गर्नुभएको छ । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ।भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गर्नुभयो । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।रासस
जेनजी समूहको आन्दोलनका क्रममा भएको आगजनीबाट भरतपुर महानगरपालिकाका अभिलेख नष्ट भएपछि पुनः अभिलेख खडा गर्ने तयारी थालिएको छ । आगजनीबाट
डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी मुकाम–४, बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ । सात करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन सञ्चालन भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी र सेवाग्राहीको अपेक्षा छ । यसअघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवन चुहिने भइसकेको थियो ।
दार्चुलामा पछिल्लो समय निगालोबाट बनेका सामग्री लोप हुँदै गएका छन् । निगालोबाट बन्ने डोको, डालो, नाङ्लो, मट्टो, सुपालगायतका सामग्री निकै प्रचलनमा रहे पनि लोप हुँदै गएका छन् ।