डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् ।
लोकतान्त्रिक प्रणालीमा ताजा जनादेश अपरिहार्य हुन्छ । कुनै एक पटक लिएको जनादेश सधैँका निम्ति मान्य हुन सक्दैन । जनताको भावना, इच्छा, आवश्यकता र चाहना बदलिरहन्छन् । ती भावना, इच्छा, आवश्यकता र चाहनालाई शासनसत्तामा बस्नेले कदर गरिरहनु पर्छ ।
अहिले अप्रत्याशित रूपमा अर्थतन्त्रमा शिथिलता आएको होइन । २०७२ सालको भूकम्प, आर्थिक नाकाबन्दी, कोरोना भाइरस, अन्तर्राष्ट्रियस्तरमा इन्धनमा भएको मूल्यवृद्धि जस्ता कारणले नेपालको अर्थतन्त्रलाई शिथिल बनाएको हो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले थप शिथिल बनाउन सहयोग पु¥यायो । आन्दोलनबाट महत्वपूर्ण सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेता तथा व्यवसायीका आवासगृहलगायत अन्य
तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो ।
साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराध हुन् । विज्ञान र प्रविधिको विकाससँगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधिसँग जोडिएको अपराध हो ।
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।
नेपाली कांग्रेस रूपान्तरणको अनुष्ठान महाधिवेशनको सम्मुखमा छ । केन्द्रीय समितिको कार्यकाल सकिनै लागेको छ । जेनजी विद्रोहपछि विकसित घटनाक्रमपछि महाधिवेशनको दबाब बढ्दो छ । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका छन् । संस्थापनका केही नेता र महामन्त्रीद्वयबिच महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयले मूर्त रूप पाउन सकेको छैन । नेपालको ठुलो लोकतान्त्रिक शक्तिको दाबा ग
समाज डोर्याउने भनेकै शिक्षाले हो । कुन देशको शिक्षाको अवस्था कस्तो छ भन्ने विषयले त्यस देशको स्तर मापन गर्छ । नेपालमा अस्थिरताको कारण शैक्षिक गुणस्तर कमजोर भएकैले हो । शिक्षा भन्नेबित्तिकै शिक्षक सँगसँगै आउँछ । समाजलाई बाटो देखाउने शिक्षक आफैँ पीडित छन् । पटक पटक आन्दोलन गर्दै आए पनि शिक्षकका माग पूरा हुन सकेका छैनन् । शिक्षा सुधारका महत्वपूर्ण आधारस्तम्भ भनेकै शिक्षक हुन् । उनीहरूप्रति राज्य उदार हुनु पर्छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ ।
मङ्गलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याइएको छ । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्या र सामाजिक दुरवस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ ।
भारत गुजरातका फोटोग्राफर नलिनिकान्त भैश्यकको एकल तस्बिरको प्रदर्शनी सुरु भएको छ । ‘हेरिटेज इन्डिया’ शीर्षकमा उहाँका ३२ थान फोटो प्रदर्शित छन् । प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति गोपाल चित्रकारले एक समारोहबिच उद्घाटन गर्नुभयो । चित्रकारले फोटाहरू स्तरीय रहेको अभिव्यक्ति दिँदै नेपालका कला, संस्कृति र सम्पदा सन्दर्भमा समेत यस प्रकारका प्रदर्शनीको परम्परा नियमितता बन्न सकेमा फलदायी रहने बताउनुभयो ।
कवि तथा बौद्ध धर्मका योगी ‘मिलारेपा’ को जीवनमा आधारित कथा मङ्गलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । परिकल्पना र निर्देशक बुद्धि तामाङ र उमेश तामाङले गर्नुभएको नाटक बौद्ध धर्मसँग सम्बन्धित रहेको छ । लेखक चाङ ङ्योन हेरुकको कृतिमा आधारित र रविन तामाङले नाट्य रूपान्तरण गरेको ‘मिलारेपा’ ले पाप, पश्चात्ताप र आत्मज्ञानको आध्यात्मिक रूपान्तरणलाई नाटकीय रूपमा चित्रण गरेको निर्देशक तामाङले बताउनुभयो ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बिबिबी प्लस’ रेटिङ प्राप्त गरेको छ ।