नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधान गर्न नेपाल–भारत संयुक्त समन्वय संयन्त्र (जेटिसिसी) प्रभावकारी भएको बताउनुभएको छ ।
बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गरेको छ । व्यापारीले सरकारले तोकेको समर्थन मूल्यमा समेत धान खरिद नगरेपछि उक्त सहकारी अग्रणी देखिएको हो ।
पर्यटनको राम्रो सम्भावना भएको कर्णाली प्रदेशमा गत वर्ष पाँच लाखभन्दा बढी पर्यटक घुमेका छन् । यहाँका रारा, से फोक्सुन्डो, काँक्रेविहार, सहिद पार्कलगायतका स्थानमा पाँच लाख १८ हजार ९७० पर्यटक आएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी छनोटका लागि पठाएको मलेसिया सरकारले तोकेका नयाँ १० मापदण्डबारे म्यानपावर व्यवसायीसँग आधिकारिक धारणा मागेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न जिल्लामा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का टीकाराम घिमिरे हरेक बिहान अँध्यारोमै उठ्नुहुन्छ । पूर्ण दृष्टिविहीन उहाँ बिहान घरबाट निस्कँदा बाटो देख्नुहुन्न तर आफ्नो कर्तव्य र जिम्मेवारी भने स्पष्ट देख्नुहुन्छ– विद्यालय पुग्ने र बालबालिकालाई पढाउने ।
झापाको कन्काई नगरपालिकामाका एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको एक पुरुष घोप्टो परेको अवस्थामा कन्काई नगरपालिका २ स्थित झण्डी खोपमा सोमबार अपरान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पाणीनी गाउँपालिका निगालीबाट दुर्गाफाटतर्फ आउँदैगरेको ना ३६ प ३५०९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ ।
भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री कार्कीले संघीय संसदका दुवै सदनका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने भएको छ ।
जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिलो पटक काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा देखा परेको छ ।