प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री कार्कीले संघीय संसदका दुवै सदनका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने भएको छ ।
जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिलो पटक काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा देखा परेको छ ।
इलाका प्रहरी कार्यालय, रामपुरले ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी ठुलो आवाज आउने साइलेन्सर राखिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो ।
म्याग्दीको मङ्गला गाउँपालिका –४, बरंजाका किसानलाई धान भित्र्याउने चटारो छ । हिमाली जिल्ला म्याग्दीका किसानलाई वर्षे बालीअन्तर्गत लगाएको धान पाकेपछि भित्र्याउन भ्याइनभ्याई भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबिच द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्रथमिकताका सम्बन्धमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
श्रीलङ्काले सोमबार देखि देशको प्राकृतिक वन र वन्यजन्तु स्रोतको संरक्षण गर्न वातावरण मन्त्रालय अन्तर्गत “वाना सुराकुमा”नामक एकीकृत परिचालन कार्यक्रम सुरु गरेको छ ।
मुगुको छायानाथ रारा नगरपालिका –९ मा पर्ने मुर्मागाउँको लेकमा अवस्थित हजारौं दशकअघिसम्म ‘मुर्मठाँना’ नामले मात्र चिनिन्थ्यो । मुर्मा गाउँका किसानको पशु चरन क्षेत्रको रूपमा रहेको यो डाँडा अहिले पर्यटन क्षेत्रको मुर्माटपको नामले प्रसिद्ध भएको छ ।
फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’का कारण सोमबारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना घाइते भएको उल्लेख गर्दै यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्ररूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ ।
जापानकी प्रधानमन्त्री साने ताकाइचीले उत्तर कोरियाका नेता किम जोङ-उनसँग भेटवार्ता गर्ने औपचारिक आग्रह गर्नु भएको छ । उहाँले दशकौँदेखि नसुल्झिएको जापानी नागरिक अपहरणको समस्या समाधान गर्न प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नुभएको हो ।
छसय किलोमिटर फन्को मारेर बिरामी भएपछि कैलालीमा उपचार पश्चात पुनर्जीवन पाएको अत्ति सङ्कटापन्न सानो खैरो गिद्धको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा अवसान भएको छ ।
कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उदो युगेन भोल्जले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा चुनाव भयो भने भाग लिने बताउनुभएको छ ।