बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताहरू गाउँ फर्किन थालेका छन् । मतदाताहरू गाउँ फर्किन थालेपछि बेनी बजार सुनसान हुन थालेको छ ।
सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य व्यापारिक दबाबका बीच चीनले आफ्नो वार्षिक राष्ट्रिय राजनीतिक अधिवेशन सुरु गर्न लागेको छ ।
अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई समाज रूपान्तरणमा महिलाको योगदानको सम्मान गर्ने विशेष अवसर पनि हो ।
निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिएको तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले सो अवधिमा पनि अत्यावश्यक न्यायिक सेवालाई निरन्तरता दिन तनहुँ जिल्ला अदालत खुल्ने भएको हो ।
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।
गुल्मी जिल्लामा ४३ मतदान अधिकृत महिला रहेका छन्। जिल्लाका २८४ मतदान केन्द्रमध्ये ४३ मतदान केन्द्रको नेतृत्व महिलाहरुले गर्दै आएका छन्। गुल्मी क्षेत्र नं १ मा २३ र क्षेत्र नं २ मा १८ मतदान केन्द्रको नेतृत्व महिलाहरुले गरिरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत कृष्णिराम घिमिरेले जानकारी दिनुभयो।
जल तथा मौसम विज्ञान विभागले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन हुने ९ फागुन २१ गते देशभर मौसम सफा रहने जनाएको छ।
गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ ।
बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो इन्फ्लुएञ्जा ‘बी’ भएको पुष्टि भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सर्लाहीमा बिहीबारको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मङ्गलबार दिउँसोसम्ममा जिल्लाका सबै
निर्वाचन नजिकिँदै जाँदा धनकुटा बजार सुनसान बनेको छ । जिल्ला सदरमुकाममा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो ।
नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा