• २० फागुन २०८२, बुधबार

घरेलु हतियार देखाइ प्रहरीलाई तर्साउने युवक पक्राउ

blog

बोमलाल गिरी
नवलपुर, फागुन २० गते ।
नवलपुरको कावासोती नगरपालिका–१४ स्थित बालकल्याण आधारभूत विद्यालयको मतदानस्थल बाहिर घरेलु हतियार दाउ देखाउँदै सुरक्षाकर्मीलाई त्रास देखाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका–१४ बस्ने २७ वर्षीय अनिस महतो रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । ती युवकले मादक पदार्थ सेवन गरी स्कुटरमा आएर ड्युटीमा खटिएका प्रहरीलाई पटक–पटक धारिलो हतियार देखाई तर्साउने काम गरेको पण्डितले बताउनुभयो ।

प्रहरीले उनलाई कावासोती–१७ ढोकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट दाउ बरामद गरिएको छ भने स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै कावासोती बजारमा रोकिराखेको एउटा ट्रकमा आगजनी गरिएको छ । सडकमा रोकिराखेको ट्रकमा अज्ञात समुहद्वारा आगजनी भएको र उक्त समूहको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।