उद्योग वाणिज्य सङ्घ बागलुङको अगुवाईमा जिल्लाभित्र एक सय युवा उद्यमी उत्पादन गरी व्यवसाय प्रवर्धनमा लगाइने भएको छ ।
नेपालकै सबैभन्दा ठुलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) तल्लो मुलपानी मैदानमा सुरु भएको छ ।
२४ ठाउँमा भएको सडक दुर्घटनामा २९ वटा सवारी साधन परेको र दुर्घटनामा परेर सात जनाले ज्यान गुमाउनुपरेको छ भने ९५ जना घाइते भएका छन् ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो ।
सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
गोरखापत्र संस्थानका फोटोपत्रकार शेखर चौलागाईंलाई मातृशोक परेको छ । उहाँकी आमा रेवकुमारी चौलागाईंको ९३ वर्षको उमेरमा सोमबार राती ११ बजे निधन भएको छ ।
राममणि दाहालमकवानपुर, कात्तिक १८ गते । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ ।जोन्छे राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा २०७८ पुसमा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो ।उहाँ सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी हुनुहुन्थ्यो । पूर्व राज्यमन्त्री जोन्छे केही समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । उहाँको निधनले कांग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्री श्रेष्ठले बताउनुभयो । नेत्री जोन्छेले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो ।स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।जोन्छेका तीन जना छोरा हुनुहुन्छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ ।
त्यु हुनेमा महाराजगन्ज नगरपालिका–११ बडेगाउँकी ३५ वर्षीय विष्णु धरीकार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो ।
धीरेन्द्रप्रसाद साह राजविराज, कात्तिक १८ गते । सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सप्तरीको दक्षिण कदमाहाबाट उत्तर गाईघाटतर्फ जाँदै गरेको ब.प्र. ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी रोकेर जाँच गर्दा गाडीभित्र दुई जना सवार भेटिएका थिए। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई छन्। उनीहरूको साथबाट २३ लाख नगद सहित विभिन्न सामग्रीहरू बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका एक हजार ३९९ थान र पाँच सय दरका एक हजार ८०२ थान नोट छन्। त्यसका अतिरिक्त गाडीभित्रबाट टेकोन पम्प एक सय थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान फेला परेको प्रहरीले जनाएको छ। स्रोत नखुलेको उक्त रकम र सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि बैक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। सप्तरी जिल्ला अदालतबाट उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
धर्मशालाका १३ कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने सेवा सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि धर्मशालाका कोठा भाडामा लिएर सेवा प्रवाह गरेको हो ।
नेपालका पवित्र चारधाम वराह क्षेत्र, पाशुपत क्षेत्र, मुक्ति क्षेत्र र वैद्यनाथ क्षेत्रमध्ये एक महत्वपूर्ण धाम हो वैद्यनाथ क्षेत्र । धार्मिक तथा पौराणिक कथन अनुसार वृद्धगङ्गालगायत पञ्चनदीद्वारा सिञ्चित वैद्यनाथ क्षेत्र सशवले देवराजधानी बनाई जीवन र जगत्को कल्याणका लागि देव नायकका रूपमा बास गरेकाले अविस्मरणीय छ ।
प्रमुख चाड तिहार र छठपर्वपछि सर्लाहीका प्रत्येक सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको छ । चाडपर्वको बिदामा रोकिएको काम लिएर सेवाग्राही धमाधम का
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् ।