कवि कृष्णभूषण बल (विसं २००४—२०६९) को एक कविताका साढे दुई पङ्क्ति सापटी लिएर यो लेख लेख्दै गर्दा २०७९ साउनको चौथो सोमबार चल्दैछ। उसै पनि सोमबार शिवको बार मानिन्छ साउनको सोमबार त झन् विशेष हुने नै गरेको छ। त्यसैले साउनभरि नै र विशेष गरी शिवालयहरूमा भक्तजनको ओइरो लाग्ने गर्छ। सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यका धेरै विशेषता र पहिचान छन्। यसको नाम पनि छ बदनाम पनि छ। यो मन्दिरै मन्दिरको सहर पनि हो तर यहाँ घृणित र पापकर्म पनि हुन्छन्।
सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। विद्यालयमा भौतिक सुविधा, खानेपानी व्यवस्थापन, छात्र छात्राका लागि अलग अलग शौचालयको व्यवस्था, महिला शिक्षकको अनिवार्य व्यवस्था, छात्राका लागि स्यानेटरी प्याडको उपलब्धतालगायतका धेरै सुविधा प्रदान गरिएको छ। यसबाट विद्यालय शिक्षामा सबैको पहुँच, नियमितता र शैक्षिक उपलब्धि वृद्धिका लागि सघाउ पुग्ने विश्वास गरिएको हो। आधारभूत तहको १–५ कक्षामा नियमित मूल्याङ्कन पद्धतिको व्यवस्था, कक्षा १० का लागि सबै विषयमा प्रयोगात्मक अङ्कभारको व्यवस्था, अक्षराङ्कन मूल्याङ्कन पद्धति अवलम्बन आदिको प्रबन्ध अनुत्तीर्ण दर कम गर्नैका लागि गरिएको हो। यसो त विषयगत शिक्षकको व्यवस्था, शतप्रतिशत शिक्षकहरू तालिम प्राप्त, सबै शिक्षकसँग अध्यापन अनुमतिपत्रको अनिवार्यताले पनि शिक्षण सिकाइ प्रभावकारी र गुणस्तरीय भई राम्रो नतिजाका लागि सघाउनुपर्ने नै हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश समितिले पार्टीप्रति बौद्धिक वर्गको धारणा बुझ्न सुझाव सङ्कलन गर्ने भएको छ । ललितपुरमा सोमबार बसेको सचिवालय बैठकले बागमती प्रदेशका सबै जिल्लामा पुगेर बुद्धिजीवीले एमालेलाई कसरी हेरिरहेका छन् भनेर त्यसबारे सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाका समिति पुनर्गठन गरिएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा समिति गठन गरिएको हो । दलहरूबीचमा छलफल गर्न बाँकी रहेको हुँदा समितिका सभापति चयन भने भइसकेको छैन । दलहरूको सहमतिका आधारमा समितिका सभापति चयन गर्ने प्रचलन छ । राष्ट्रिय सभा नियमावलीअनुसारमा समितिको कार्यकाल दुई वर्षको हुन्छ । राष्ट्रिय सभामा विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।
निरन्तर बर्षाले सिन्धुपाल्चोकको सिपाघाट–मेलम्ची सडक अबरुद्ध भएको छ । यो सडकसँगै जिल्लाका अधिकाँश सडक अबरुद्ध भएका छन् ।
विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मंगलबार (आज) मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।
मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै तीन तहको सरकार निर्माण भए पनि तीनै तहका सरकारबाट टुक्रे योजनामा बजेट विनियोजन गर्ने पुरानो परम्परा भने कायमै रहेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि मातहतका कार्यालयमार्फत कार्यालयबाट कार्यान्वयन गर्ने गरी टुक्रे तथा टोले कार्यक्रमममा बजेट विनियोजनलाई निरन्तरता दिएको छ। प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका जिल्लामा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन कार्यालयलगायतका पूर्वाधारको काम गर्ने कार्यालयमार्फत काम गर्न गराउन साना टुक्रे योजनामा बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले जनशक्तिको अवस्था नहेरी टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या हुने अवस्था आउने गरेको कार्यालयले जनाएका छन्।
ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले जनतालाई सेवा दिनुको सट्टा सास्ती दिइरहेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारी समयमै काम नगर्दा त्यसको असर स्थानीयको दैनिक जीवनमा परेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा हुलाकी राजमार्गअन्तर्गत सेवा क्षेत्रभित्रका स्थानीय तहका जनप्रतिनिधिले तराईको रक्तसञ्चार गर्ने सडक निर्माणमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले विराटनगर–रङ्गेली सडकखण्ड भत्काएर हुलाकी राजमार्ग विस्तार सुरु गरिए पनि भत्काएपछि ठेकेदारले बहाना बनाएर नागरिकलाई हैरानीमा पारेको भन्दै आक्रोश पोखेका छन्।
करार सेवामा अनावश्यक कर्मचारी नियुक्त गर्दा करोडौँ व्ययभार बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याइरहेका बेला विराटनगर महानगरपालिकाले कर्मचारी थपेर खर्च बढाउने कामलाई निरन्तरता दिएको छ। विगतमा आफू अनुकूलका व्यक्तिलाई करारमा नियुक्ति दिएको महानगरले अहिले कानुनविपरीत विद्यालय शिक्षक नियुक्त गर्न थालेको छ।
काठमाडौंमा आइईसीका विद्यार्थी आफैंले डिजाइन गरेको पोशाक लगाएर र्याम्प प्रदर्शन गर्दै ।
पर्साको जगरनाथपुरमा सोमबार धान रोपाइँ गर्दै किसानहरु ।
नेपालमा आदिवासी जनजातिजन्य आन्दोलन र संघर्षहरु पहिचान र अधिकार प्राप्तिका लागि केन्द्रित रहेकाले सम्बोधन गर्न सरकारले ढिला गर्न नहुने सुझाब अगुवाहरुले दिनुभएको छ । आदिबासी तथा पछाडि परेका वर्गको अधिकार सम्बोधनबाटै देशले निकास पाउने उहाँहरुको सुझाव छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध हुनुभएको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपन बस्ने सर्लाही ब्रम्हपुरी गाउँपालिका–२ घर भएका ३४ वर्षीय रोशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती हुनु भएका आठ जना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।