• ११ वैशाख २०८१, मङ्गलबार

राष्ट्रिय सभाका समिति पुनर्गठन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २४ गते । राष्ट्रिय सभाका समिति पुनर्गठन गरिएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा समिति गठन गरिएको हो । दलहरूबीचमा छलफल गर्न बाँकी रहेको हुँदा समितिका सभापति चयन भने भइसकेको छैन । दलहरूको सहमतिका आधारमा समितिका सभापति चयन गर्ने प्रचलन छ ।

राष्ट्रिय सभा नियमावलीअनुसारमा समितिको कार्यकाल दुई वर्षको हुन्छ । राष्ट्रिय सभामा विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । 

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बुधबार बस्ने राष्ट्रिय सभाको बैठकमा समितिका सभापतिको चयन हुन सक्ने जानकारी दिनुभयो । 

सोमबार गठन गरिएको विधायन व्यवस्थापन समितिमा सांसदहरू उदयबहादुर बोहरा, खिमलाल देवकोटा, गङ्गाकुमारी बेल्बासे, जितेन्द्रनारायण देव, तारामान स्वाँर, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, प्रकाश पन्थ, प्रमिला कुमारी, डा. वेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, राधेश्याम पासवान, डा. बिमला राई पौड्याल र सुरेशकुमार आलेमगर सदस्य रहनुभएको छ । 

दिगो विकास तथा सुशासन समितिमा सांसदहरू कमला पन्त, कृष्णप्रसाद पौडेल, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, नन्दा चपार्इं, नारायणप्रसाद दाहाल, वामदेव गौतम, भुवनबहादुर सुनार, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, बिमला घिमिरे, शारदादेवी भट्ट र सिंहबहादुर विश्वकर्मा सदस्य हुनुहुन्छ । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद उर्मिला अर्याल, गोपालकुमार बस्नेत, गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, तुलसाकुमारी दाहाल, नरपति लुहार, नरबहादुर विष्ट, मदनकुमारी शाह (गरिमा), मायाप्रसाद शर्मा, मोहम्मद खालिद, युवराज शर्मा, बिना पोखरेल, सुुमित्रा बीसी र हरिराम चौधरी रहनुभएको छ । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कडरिया, खिमलाल भट्टराई, गोपीबहादुर सार्की अछामी, जगतबहादुर पार्की, जयन्तीदेवी राई, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), दुर्गा गुरुङ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रलक्ष्मी गैरे, रामचन्द्र राई, शेखरकुमार सिंह र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ ।