नेपालले इतिहासदेखि नै छिमेकी चीन र भारतसँग व्यापार गर्दै आएको छ। भौगोलिक हिसाबले निकै ठूला यी दुई छिमेकी राष्ट्र यतिबेला भने विश्व आर्थिक महाशक्ति बनिरहेका छन्। चीन र भारतको अर्थतन्त्र महाशक्तिकै रूपमा छ। भारतले विगत केही वर्षयता लगातार ८–१० प्रतिशत दरको आर्थिक वृद्धिदर गरिरहेको छ। सन् २०१८ मै भारतले जीडीपीको आकार बढाएर २६ खर्ब १० अर्ब डलरको बनाइसकेको छ तर नेपाल भने भूराजनीतिक खिचातानी र अव्यवस्थामै रुमलिएको छ। बल्ल नेपालको जीडीपीको आकार ३६ अर्ब डलर पुग्दैछ। संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव त पारित गरिसकेको छ। यसका लागि आवश्यक मापदण्ड सन् २०२६ भित्र पूरा गर्नुपर्ने समय सीमा पाएको छ। रेमिटयान्समुखी अर्थतन्त्र व्यापारघाटामा चुलिँदै गएको छ। अर्थतन्त्रमा लगातार समस्या आइरहेको अवस्थाले नेपालले विकासशील मुलुकमा आफूलाई लैजाने अवसर गुमाउन सक्ने प्रबल सम्भावना छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनदेखि थप आठ स्थानबाट देशबाहिरबाट आयात भएका तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष (आरबीपीआर विधि)मार्फत परीक्षण सुुरु गरेको छ । यसअघि विभागले देशका विभिन्न सात नाकामा रहेका भन्सार कार्यालय आसपासमा बसेर आयातित फलफूल तथा तरकारीको परीक्षण गर्दै आएकामा साउनदेखि थप आठ स्थानबाट परीक्षण सुुरु गरेको विभागले जनाएको छ ।
प्रदेश नामकरणमा सहमति जुट्न नसकेपछि प्रदेश सभाको बैठक अनिश्चित अवधिका लागि स्थगित भएको छ। प्रदेश नामकरणका सन्दर्भमा केही चरण अनौपचारिक र दुई चरण औपचारिक छलफल भए पनि सहमतिको बिन्दु पहिल्याउन नसकेपछि दलबीच संवादहीनताको अवस्था उत्पन्न भएको थियो। सरकारले प्रदेश सभालाई बिजनेस (काम) दिन नसक्ने र नामको विषयमा पनि सहमति बन्ने अवस्था नभएपछि चालू अधिवेशनमा दोस्रो पटक अनिश्चितकालका लागि संसद् बैठक स्थगित भएको हो।
साउनको अन्तिम समय भएपनि हाल मनसुनी प्रणाली सक्रियनै रहेको छ । सोमबार वागमती र प्रदेश १का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ती प्रकाशन गरी जनाएको छ ।
मोरङको उर्लाबारी नगरपालिकाले फालेको फोहोर उर्लाबारी–८ का किसानको खेतबारीसम्म पुग्ने गरेको छ। नगरले फोहोर व्यवस्थापनको जिम्मा जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई दिएको छ। प्रालिले बक्राहा खोला किनारको झुम्रामा फोहोर विसर्जन गरेपछि सोही फोहोर बक्राहा खोलाले बगाएर किसानका खेतबारीका गरासम्म पु-याएको छ।
मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन ल्याइएको छ। अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो। आइतबार तीन सय अक्सिजेनेटर मेसिन नेपाल आइपुगेको छ। ती मेसिन मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका लागि ल्याइएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले गङ्गालाल अस्पतालमा पनि सापटीका रूपमा अक्सिजेनेटर मेसिन दिन सकिने बताउँदै भन्नुभयो, “गङ्गालालमा धेरै सङ्ख्यामा शल्यक्रिया गरिने भएकाले मात्र अभाव भएको हो।”
धुलिखेल अस्पतालले दुई रोपनी क्षेत्रफलमा अस्पतालबाट निस्कने दूषित पानी शुद्धीकरण गर्ने प्रविधिको निर्माण गरेको छ। पछिल्लो समय अस्पतालले परियोजना निर्माण गरेको स्थानलाई ‘थेरापी गार्डेन’का रूपमा विकसित गरेपछि उक्त स्थान बिरामी कुरुवाको विश्रामस्थल, गर्भवती महिलाको डिँडडुल गर्ने र बच्चाको तेल लगाउने स्थानका रूपमा परिणत भएको छ।
मेडिकल हबका रूपमा चर्चित चितवनमा पीसीएल नर्सिङ पढाउने अनुमति नदिँदा यस वर्ष पनि भर्ना नहुने भएको छ । चितवनमा १२ वटा कलेजले नर्सिङ पढाउँदै आएका थिए तर दुई वर्ष अगाडिदेखि जिल्लाका ११ वटा संस्थाले विद्यार्थी भर्ना लिन छाडेका छन् ।
पछिल्लो ३ घन्टा दोलखाको सिंगटी, जिरी र आसपास भारी वर्षा मापन भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
बागमती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढामगर वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
विभिन्न देशका अबैध मुद्रासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती मुद्रासहित भारतीय नागरिक राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धि सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनु भएको हो ।
द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले बेपत्ता पारिएका व्यक्तिकाे छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न माग गरेको छ । संस्थाले काठमाडौंको माइतीघरमा आइतबार र्यालीको आयोजना गरी सो माग गरेको हो ।