• २० जेठ २०८१, आइतबार

अक्सिजेनेटर भित्रियो

blog

काठमाडौँ, साउन २३ गते । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन ल्याइएको छ। अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो। आइतबार तीन सय अक्सिजेनेटर मेसिन नेपाल आइपुगेको छ। ती मेसिन मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका लागि ल्याइएको हो। 

अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले गङ्गालाल अस्पतालमा पनि सापटीका रूपमा अक्सिजेनेटर मेसिन दिन सकिने बताउँदै भन्नुभयो, “गङ्गालालमा धेरै सङ्ख्यामा शल्यक्रिया गरिने भएकाले मात्र अभाव भएको हो।”

उहाँले मेसिन अभाव हुँदा पनि मुटुका शल्यक्रिया भने नरोकिएको जानकारी दिनुभयो। ती मेसिन अमेरिकाबाट ल्याइएको हो। गङ्गालालका लागि आवश्यक पर्ने एक हजार चार सय अक्सिजेनेटर मेसिन इटालीबाट आउनेक्रममा छ।