• ७ जेठ २०८१, सोमबार

बेपत्ता पारिएका व्यक्तिकाे छानबिन गर्न माग

blog

द्वन्द्व पीडितहरुले बनेको विधेयकमा सुरक्षाकर्मीको माग समावेश गराउन दावाव दिने उद्देश्यले आयोजना गरिएका धर्नामा प्लेकार्ड सहित सहभागीहरु । तस्बिरहरु : कविता थापा

काठमाडौं, साउन २२ गते । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले बेपत्ता पारिएका व्यक्तिकाे छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न माग गरेको छ ।

संस्थाले काठमाडौंको माइतीघरमा आइतबार र्‍यालीको आयोजना गरी सो माग गरेको हो । संस्थाले बेपत्ता पारिएका व्यक्तिकाे  छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गरी विधेयकमा सुरक्षाकर्मीको माग समावेश गराउन दावाब पनि दिएका छन् ।