• ८ वैशाख २०८१, शनिबार

रुविका र दिनेश आइटीएफ वर्ष उत्कृष्ट

blog

आइटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा सम्मानि भएपछि सामूहिक तस्बिर खिचाउँदै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, साउन २२ गते । नेपाल आइटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको  छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो ।

सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट  र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरियो ।

बागमती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढामगर वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले पनि १० हजार रुपियाँ पाउनुभयो । नेपाल आइटीएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डीङ अवार्ड पाउनुभयो । नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो ।   काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार उपाधि प्रदान गरियो । 

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कायकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ, राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणीन्द्र पौडेल लगायतको उपस्थिति थियो । 

नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल आइटीएफका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।